
भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाको आफ्नी सानी छोरीलाई बचाउने क्रममा आफ्नो ज्यान गएको छ ।
स्थानीय फुटबलर हेक्टर बेलोकी पत्नी एन्ड्रियाले भवन भत्किने क्रममा आफ्नी छोरीलाई बचाएर आफ्नो भने मृत्यु भएको खबर सार्वजनिक भएको छ।
फुटबलर बेलोले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै आफ्नी पत्नीलाई 'साहसी महिला' को रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, 'म छोरीलाई तिम्रो बहादुरीको कथा सुनाउनेछु, कसरी तिमीले अन्तिम साससम्म उनलाई नछोडि आफ्नो ज्यान दिएर उनलाई बचायौ।' भग्नावशेषबाट जीवितै उद्धार गरिएकी उनकी छोरीको हाल अस्पतालमा उपचार भइरहेको छ।
सोही भूकम्पमा भेनेजुएलाका दुई युवा फुटबल खेलाडी राजान सिजा र भिक्टर पालासियोसको पनि मृत्यु भएको पुष्टि भएको छ। यस्तै, पूर्व मिस भेनेजुएला जिसेल रेयसकी आमाको पनि भूकम्पको धक्काका कारण भवन भत्किँदा हृदयघात भएर निधन भएको छ।
बुधबार गएको भूकम्पमा ९२० जनाको ज्यान गइसकेको छ ।