शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । 


Advertisement

यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान पत्रकार रामरिझन यादव सिरहा, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल बाँके, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी पाल्पा, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी संखुवासभा र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त रुपन्देहीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।


Advertisement

यसै गरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर भक्तपुर, भूमिप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल सुनसरी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ मकवानपुर, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक पाल्पा, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य काठमाडाैं, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया हुम्ला, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल तनहुँ र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरी कैलालीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सम्मानित स्रष्टाहरूका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरू प्रकाशित छन् ।


Advertisement

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरेर  २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको शान्ति समाजले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्