
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई बडादशैंको साइत पठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रका आधारमा मन्त्रालयले साइत प्रेषित गरेको हो ।
गृह मन्त्रालयको पत्रमा घटस्थापनादेखि देवी विसर्जनसम्मको समय यकिन गरिएको छ ।
विजयादशमीको टीका असोज २९ गते शुक्रवार बिहान १०ः२ बजे शुभ रहेको उल्लेख छ ।
