इंग्ल्यान्डको स्वाडलिनकोटमा एउटा चोरको पिछा गरिरहेको प्रहरीले चोरलाई अनौठो अवस्थामा पक्राउ गरेको छ ।
प्रहरीबाट लुक्नका लागि चोर कम्बल ओढेर छोपिएका थिए । उनी दराजभित्र कम्बल ओढेर बसेको भए पनि उनको बडेमानको खुट्टा देखिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले कम्बल ओढेर लुकेका चोरको तस्वीर सामाजिक सञ्जालमा राखेपछि त्यो भाइरल बनेको छ ।
त्यो पोस्टमा रमाइला कमेन्टहरू आएका छन् ।