कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ ।
कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको उनले जानकारी दिए ।
फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित रूपमा तलेजुको पूजा गरिएको उनले बताए ।
सत्रौँ शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।
राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।
एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रूपमा प्रवेश गरेको जनविश्वास छ । त्यसबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रूपमा पुजिन थालेको हो ।
कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरू भएर पछि काठमाडौं र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजुका मूल नाइके जोशीले बताए ।
हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म कुमारीलाई तलेजुस्थित दशैं घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यो वर्ष पनि टुटेको छ ।
यस वर्ष नियुक्त गरिएको नयाँ कुमारी लुनिभा बज्राचार्यलाई आज तलेजुस्थित दशैंघर ल्याएर पूजा गर्ने परम्परा पनि यस वर्ष रोकिएको छ । कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याइ क्वाठण्डौँस्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले जानकारी दिनुभयो ।
भोलि विजयादशमीको टीका पनि साइतमै क्वाठण्डौँस्थित कुमारी घरमै लगाइने भएको उनले जानकारी दिए ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...