३० जेठ २०८३, शनिबार

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक नेतृत्वको सुझबुझ आवश्यक : गगन थापा

जेठ २९, २०८३
ललितपुर
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक नेतृत्वको सुझबुझ आवश्यक : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउनु सकिने बताएका छन् ।

नागरिकको सवाल, कांग्रेसको पहल भन्ने नाराका साथ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको छलफलमा उनले समुदायलाई विपद् सचेतनामा जोड्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए । 'विपद् विकासको परिधिभित्र पर्दैन, गरिबीको कारणले विपद्को जोखिम क्षेत्रमा बसोबास गरिरहेको अवस्था छ, अनि विपद्कै कारणले गरिबीको चक्रमा फसेको अवस्था छ, यसलाई भोलि नेतृत्वमा जाने मानिसले ध्यान दिनुपर्छ, हामी सरकारमा हुँदा र सरकार बाहिर हुँदा हामी विपद्सम्बन्धी कामलाई प्राथमिकताका साथ ध्यान दिन्छौं,' उनले भने ।

सभापति थापाले पार्टीको सङ्गठनमा आबद्ध नौ लाखभन्दा बढी सदस्यलाई विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा सचेत गराइने जानकारी दिए । 'विपद्लाई राजनीतिकरण गर्नुहुँदैन । राजनीतिक अभियानमा विपद्का सरोकार र चासोलाई जोड्दै जिम्मेवार भएर काम गर्नुपर्छ,' उनले भने ।

विपद् जोखिम न्यूनीकरण विशेषज्ञ इञ्जिनियर प्राडा हरिदर्शन श्रेष्ठले राजनीतिक दलहरूमा विपद् व्यवस्थापनका सन्दर्भमा विपद् व्यवस्थापनमा यथेष्ट नीतिगत व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी नहुँदा समस्या भएको बताए ।

उनले गरिबीको रेखामुनि रहेका नागरिक र गरिब वर्गसँगको समन्वयमा कमजोरी भएकालाई सुधार्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्