माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
कात्तिक ६, २०७८
फेवाताल किनारमा घुम्दै जाने क्रममा बाबुराम विकलाई कसैले सोध्यो – भाइ ! ट्रेकिङ जाने हो ?
पोखराको एउटा कम्पनीमा मासिक १५ सय रुपैयाँमा मात्र सुरक्षा गार्डको रूपमा दैनिक १२ घण्टासम्म खटिने बाबुरामले ट्रेकिङ अर्थात् पदयात्रा शब्द सुने पनि के कस्तो हुन्छ भन्ने अनुभव थिएन । गोराहरू (विदेशी पर्यटक) सँग घुम्न पाइने, अंग्रेजीमा बातचित गर्नुपर्ने, नयाँ–नयाँ ठाउँ घुम्न पाइने र पैसा पनि मनग्ये कमाउन सकिनेसम्म उनले बुझेका थिए ।
प्रश्न भूइँमा खस्न नपाउँदै बाबुरामले भने, ‘हुन्छ नि ! बरु कहाँ जाने होला ?’
त्यसबेला अन्नपूर्ण बेस क्याम्प (एबीसी) ट्रेकिङ जानुपर्ने रहेछ चिनियाँ ८ जनाको समूहलाई लिएर । पोर्टर (हाल सपोर्टर भनिने) बनेर २६ वर्षीय उनी एबीसी जाने भए ।
१५ वर्षअघि पोर्टर बनेर ट्रेकिङ क्षेत्रमा छिरेका बाबुराम अहिले चल्तीका ट्रेकिङ गाइड हुन् । दुःखमा पनि मुस्काउन नछोड्ने उनी अंग्रेजी राम्रै बोल्छन् । नजानेको, नगएको ठाउँ सायदै होला ।
उनी ट्रेकिङ गाडइ मात्र होइनन्, लेकसाइडस्थित ट्रेकिङ कम्पनी ट्रेकिङ टाइमका सञ्चालक समेत हुन् । मासिक एक–डेढ लाख रुपैयाँ सजिलै कमाउने उनी २ वर्षदेखि पूर्ण रूपमा बेरोजगार छन् ।
उनी जसरी सहजै रूपमा यो पेसामा छिरे, उसैगरी निस्कनेवाला छन् ।
‘ट्रेकिङ व्यवसाय चौपट भयो नि !’ हालैको एक बिहान लोकान्तरसँगको कुराकानीमा उनले दुःखेसो पोखे, ‘२ वर्षदेखि कोरोना महामारीले सबैतिर प्रभाव पार्यो । आज होला कि भोलि होला कि भनी पर्खिंदै बसियो । अब यस्तै हो भने २ वर्षसम्म ट्रेकिङ पहिलेकै अवस्थामा फर्किनेवाला छैन । अब विकल्प खोज्दैछु ।’
डेढ दशक श्रम र पसिना खर्चिएको ट्रेकिङ क्षेत्र छाडेर उनले कुन विकल्प रोज्दैछन् त ?
जिज्ञासामा उनले तुरुन्तै विकल्प पनि रोजिसकेको सुनाए – विदेश जाने वा नेपालमै कृषि कर्म थाल्ने ।
... ... ...
दाङ जिल्लाको बिजौरी गाविस–२ (हाल तुलसीपुर–१९) मा २०३५ सालमा जन्मिएका हुन् बाबुराम । घरको आयस्रोत कमजोर भएकाले उनी कामको खोजीमा सन् २००४ मा पोखरा आए । त्यसबेला हातमुख जोर्न घर बनाउने काममा लागे । ढुंगा, सिमेन्ट, बालुवा सकी–नसकी बोके । अलिअलि पैसा जोहो गर्दै दाङमा रहेको घरपरिवारलाई पठाउने गर्थे । त्यसको २ वर्षपछि २००६ सालमा उनले पोखराको एक कम्पनीमा सुरक्षा गार्डको काम पाए । मासिक १५ सय रुपैयाँमा दैनिक १२ घण्टासम्म खटिनुपर्थ्यो । महिनाभर काम गरेर आउने तलब कोठाभाडा, रासनपानीमा ठिक्क हुन्थ्यो । त्यति चित्तबुझ्दो लागेन उनका लागि । जसोतसो २ वर्ष धकेले । त्यसपछि ट्रेकिङ क्षेत्रतिर छिरेका हुन् । पोखरा बस्दै आएका पत्नी, १ छोरा र १ छोरीका सहारा हुन् उनी ।
ट्रेकिङ क्षेत्रमा पोर्टर बनेर धेरै भारी बोकेका उनले पछि ट्रेकिङ एजेन्ट्स् एशोसिएशन अफ नेपाल (टान) को संयोजनमा भएको ३५ दिने ट्रेकिङ गाइडको तालिम लिने अवसर पाए । सशुल्क तालिमका लागि उनले ८ हजार रुपैयाँ तिरेका थिए ।
सन् २०१४ मा तालिम लिएपछि उनी ट्रेकिङ गाइड बने । विश्वको सर्वोच्च शिखर सगरमाथा, गोरखाको मनास्लु, रसुवाको लाङटाङ, म्याग्दीको धौलागिरी, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो, कास्कीको माछापुच्छ्रे लगायत प्रमुख क्षेत्रमा उनले कैयौं पटक ट्रेक गएको बताए ।
त्यसको केही वर्षपछि उनले आफ्नै नाममा ट्रेकिङ कम्पनी खोलेर सोही कम्पनीमार्फत विभिन्न मुलुकका पर्यटकलाई पदयात्रामा लगेको बताए । यसरी उनले मासिक एक–डेढ लाख रुपैयाँ सहजै कमाइ गर्दै आएका थिए । छोराछोरीलाई पोखराकै एक निजी स्कूलमा पढाउन थालेका थिए भने सानोतिनो जग्गाजमिन पनि जोडेका थिए । हाल पोखरामा भाडामा बस्दै आएका बाबुराम कोरोनाका कारण व्यवसाय नराम्ररी प्रभावित हुँदा पूर्ण रूपमा बेरोजगार बनेका हुन् । स्वदेशी पर्यटक दशैंको लामो बिदाको मौका पारेर विभिन्न पर्यटकीय क्षेत्र घुम्न निस्के पनि विदेशी पर्यटक कहिले आउँछन् ठेगान छैन ।
उनको ट्रेकिङ कम्पनी हाल बन्द छ । ट्रेकिङ कम्पनी रहेको घरभाडा समेत तिर्न नसकेर सामान उठाएर आफू बस्ने कोठामै ल्याएको उनले बताए । घर व्यवहार चलाउन ५ लाख रुपैयाँ ऋण काढिसकेका छन् । संक्रमणकालीन अवस्थामा रहेका बाबुराम भन्छन्, ‘जीवन आधा सन्चो, आधा बिसन्चो अवस्थामा छ ।’
बिसन्चोको कुरा त ट्रेकिङ नै रह्यो तर आधा सन्चो के हो ?
मनभरी दुःख सहेर पनि हाँस्न नछाडेका बाबुरामले भने, ‘परिवारलाई समय दिन सकिएको छ । बच्चाहरूको केयर गर्न सकिएको छ ।’
बाबुराम जस्तै ट्रेकिङ गाइडको तालिमप्राप्त व्यक्ति पोखरा क्षेत्रमा १ हजार हाराहारीमा छन् तर अधिकांशले वैकल्पिक पेसा रोजिसकेको पाइन्छ ।
बाबुराम भन्छन्, ‘लकडाउन हटिसकेपछि अहिले आन्तरिक पर्यटक भने बढेका छन् तर आन्तरिक पर्यटक होटल, रेस्टुरेन्टहरूको लागि मात्र हो । आन्तरिक पर्यटकलाई अनिवार्य गाइड चाहिँदैन । विदेशीका लागि नौलो ठाउँ भएकाले गाइड लैजान चाहन्छन् र उनीहरू पैसा तिर्ने क्षमता पनि राख्छन् । विदेशी पर्यटक नआएसम्म ट्रेकिङ चल्दैन ।’
उनले भने, ‘नेपालमा पर्यटन प्रवद्र्धनका लागि कोरोना लगायतका महामारी हुनु हुँदैन । शान्तिपूर्ण वातावरण तथा राजनीतिक स्थायित्व आवश्यक छ साथै नेपालको सन्दर्भमा सडक एकदमै राम्रो र यातायातको व्यवस्था हुनुपर्छ ।’
‘अर्को सिजन कुर्नुको विकल्प छैन’
टान गण्डकी अध्यक्ष सुशीलराज पौडेल अब चालू सिजन पनि खेरै गएको बताउँछन् । उनले आगामी सिजन कुर्नुको विकल्प नरहेको बताए । ‘ट्रेकिङ व्यवसाय नहुनु भनेको ट्रेकिङ को सबै जना म्यानपावर बेरोजगार बस्नु हो । लगानीको कुरा आफ्नै ठाउँमा छ । टर्न ओभर (कारोबार) नहुँदा कर तिर्न समेत धौंधौं हुने अवस्था छ,’ पौडेल भन्छन्, ‘घरभाडा समेत तिर्न नसक्दा पोखरा क्षेत्रबाट २५ प्रतिशत व्यवसायी विस्थापित भइसकेका छन् । आफ्ना स्टाफ पाल्ने त कुरै छाडौं, आफू नै कसरी पालिने भन्ने अवस्था छ ।’ टान गण्डकीमा १७० जना सदस्य आबद्ध छन् ।
‘अब व्यवसायमा टिकिरहने कसरी गर्ने भन्ने उपाय महत्त्वपूर्ण हो । टिक्नका लागि मौद्रिक नीति, वित्तीय संस्थाको समन्वयमा काम हुनुपर्छ,’ उनले भने, ‘आगामी दिनमा व्यवसाय पूर्ववत् रूपमा फर्कियो भयो त्यसबेला मानव संशाधन (दक्ष जनशक्ति) को अभाव रहन सक्छ । जनशक्ति विनाको व्यवसाय हुँदैन । पर्यटन क्षेत्र पुनर्जागित भए जनशक्ति चाहिन्छ ।’
टानले दशैंको अवसरमा टान क्षेत्रका २०० जना बेरोजगार मजदुरलाई पदयात्रा क्षेत्रको मर्मत सम्भार गर्ने भनी १० दिन बराबरको काम दिएको थियो । उनीहरूलाई नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहयोगमा दैनिक २ हजार रुपैयाँसम्म कमाउने गरी रोजगार दिइएको हो ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...