
पूर्वप्रशासक एवं साहित्यकार ८० वर्षीय युवराज शर्मा गौतमको पाँचौँ कृति ‘नैसर्गिक नेपाल’ महाकाव्य लोकार्पण गरिएको छ । सिसार साहित्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकाव्य लोकार्पण गरेका हुन् ।
यसअघि उनका ‘नेपालमा चिया खेतीको इतिहास एक विश्लेषणात्मक अध्ययन’, ‘अत्रिवंश–शतक’, ‘कालीगण्डकी’ खण्डकाव्य, ‘ऋतुदर्शन’ र ‘तीर्थ पर्यटन’ गरी चार पुस्तक प्रकाशन भइसकेका छन् ।