
अच्युत मान सिंह प्रधान "उत्सुक्"
आयो तिहार नजिकै, सबै नेपालीको घर घरमा।
छायो हर्ष र उमङ्ग, सबैको मन मनैमा।
लिपेका छ्न रातो माटो र गाईको गोबरले, सबैको घर आगनमा।
पाकेका छ्न् सेल रोटी, सबैको भान्छा कोठामा।
गरेका छ्न दिपावली, साझ पख दियो बाली घर घरमा।
बालेका छ्न झिलिमिली बत्ति, शहर बजार जहाँ तही नै।
सजिएका छ्न शहर बजार सबै, झकि झकाउ गरि।
भरिएका छ्न् बजार सबै, तिहारको सामग्रीले।
बजार सब तिर भिड्भाड छन्, तिहारको किनमेलले।
रमाईलो गरी खेल्छ्न् देउसी भैलो, घर घर गई तिहार भरि।
काग, कुकुर अनि गाई, गोरुको पुजा गर्छ्न भगवानको दुत सम्झेर सबै।
मनाउन्छ्न "म्ह पुजा" र नयाँ बर्ष “नेपाल सम्बद” नेवार समुदायले।
सजिन्छ्न् दाजुभाईको निधार सप्तरङ्गी टिका अनि गला सयपत्री मालाले।
दिन्छ्न् सुस्वास्थ र दिर्घायुको आर्शिरबाद दिदिबहिनीले,भाईटिका गरि।
फर्कन्छ्न् गाउठाउ सबै, मान्न परिवारसङ्ग रलाईलो गरि तिहार।
मनाउ तिहार रमाईलो गरि सबै, आफ्नो गक्ष र क्षमता अनुसार नै।
नपारु सखाप आफ्नो सम्पती सबै, जुवा तास खेलेर कसैले।
दशा नबनोस कसैको तिहार्, रिन नबोकौ तडक भडक खर्च गरि।
गरौ जगैर्ना र सरक्षण, हाम्रो मौलिक धर्म अनि सस्कृतीको।
मनाउन्छौ हामी पाच दिन सम्म तिहार, "यमपन्चक" भनेर।