कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
काठमाडौंंको बुढानिलकण्ठ स्कुलमा एसएलसी र काठमाडौंंमै आइएस्सी अध्ययनपछि म पाइलट कोर्स गर्न अमेरिका गएँ । कर्णालीमा जन्मेको मेरा लागि अमेरिकामा गएर पढ्ने अवसर पाउनु सौभाग्यको विषय थियो ।
अमेरिकाबाट फर्केपछि मलाई एसियन एयरलाइन्समा जागिरको ‘अफर’ थियो तर म नेपाल वायुसेवा निगममा जागिर खान चाहन्थेँ । पाइलटको जागिर नखाएर म हुम्ला पुगेँ ।
त्यतिबेला २०४६ सालको आन्दोलन उत्कर्षमा पुगेको थियो तर हुम्ली जनता प्रजातन्त्रको उत्सव मनाउने हैसियतमा थिएनन् । हुम्लामा पहिलो पटक वामपन्थी र कांग्रेस पार्टीको स्थापना भयो । २३ वर्षको उमेरमा मैले कांग्रेसको जिल्ला सभापति बन्ने मौका पाएँ ।
अमेरिकामा पढे पनि मलाई किन–किन हुम्लामै गएर जनताको सेवा गर्ने रहर लाग्यो । त्यसैक्रममा राजनीतिमा जोडिएँ । ०४९ सालको स्थानीय चुनावमा म जिविस सभापतिमा लडेको थिएँ तर काका वीरजंग शाहीसँग पाँच भोटले जिविसको सभापतिमा पराजित भएँ, तर पछि म जिविस सभापति बनेँ ।
मेरो सपना कर्णालीलाई आत्मनिर्भर बनाउने हो । सडक लगायत भौतिक पूर्वाधारको विकास गर्न सके कर्णाली अन्य प्रदेश भन्दा सम्पन्नशाली बन्ने निश्चित छ किनभने यस क्षेत्रमा मात्र २१ हजार मेगावाट विजुली उत्पादन गर्न सकिने सम्भावना छ ।
प्रचुर सम्भावना भएपनि कर्णालीका जनता परनिर्भर छन् । दाताको चामल कार्यक्रमका कारण कर्णालीका जनता परनिर्भर भइसकेका छन् । शहरमा सम्पन्न व्यक्तिको आकर्षण बनेको कोदो फापर छाडेर हुम्ली जनता भात मात्र खाना हो भन्ने अवस्थामा आइपुगे ।
सन् २००५ मा मैले एउटा लेख लेखेँ, ‘डन्ट किल कर्णाली विथ योर एड’ शीर्षकमा । मेरो आशय के थियो भने कर्णालीलाई परनिर्भर होइन, आत्मनिर्भर बनाऔँ । कर्णाली नदीको किनारमा ठूला उर्वर फाँट छन् तर सिंचाइ अभावमा ती फाँट बाँझा छन् ।
कर्णाली समृद्धिको आधार
च्याउ, झ्याउ र स्याउ कर्णालीको मुहार फेर्ने माध्यम हुन् । कर्णालीको ‘गुच्छे च्याउ’ जसको मूल्य प्रतिकेजी ३०/३५ हजार रुपैया पर्छ, यसका लागि बजारको कुनै समस्या छैन । कर्णालीको गुच्छे च्याउको अन्र्तराष्ट्रिय बजारमा ठूलो माग छ ।
कर्णालीका जिल्लामा यसको व्यापक र व्यवसायिक खेती गर्न सकिन्छ । यसमार्फत कर्णालीमा बार्षिक करोडौं डलर भित्र्याउन सकिन्छ । गुच्छे च्याउ (मर्चेरा) एक किलोको ३० हजार रुपैयाँ पर्छ । त्यो हाम्रो ठाउँमा मात्र सुन्छ । त्यहाँ राज्यले विज्ञलाई पठाइ दिनुपर्यो ।
कर्णाली समृद्धिको दोस्रो सम्भावना भनेको स्याउ नै हो ।
काठमाडौंमा ५ हजार किलोमिटर टाढा अष्ट्रेलिया र चीनबाट स्याउ आइरहेको छ । नेपाल स्याउका लागि परनिर्भर छ तर बाटो अभावमा कर्णालीको स्याउ कुहिएर गएको छ । कर्णालीमा स्याउको व्यावसायिक खेती गर्ने संभावना प्रचुर छ । मुस्ताङमा एउटा व्यक्तिको स्याउ फार्मबाट ७० लाखमा स्याउ विक्री भएको खवर आएको थियो । कर्णालीमा पनि हामीले त्यस्ता स्याउ भिलेज नै स्थापना गर्न सकिन्छ ।
कर्णालीको अर्को संभावनाको क्षेत्र भनेको झ्याउ अर्थात जडीबुटी हो । कर्णाली जडीबुटीको खानी नै हो । कर्णालीमा यति महत्वपूर्ण जडीबुटी उपलव्ध छ, तर कुहिएर गएको छ । नेपालको जडीबुटीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधनका क्रममा पनि कुरा उठाउनु भएको थियो । कर्णालीका बहुमूल्य जडीबुटीलाई ‘हाइ भ्यालु लो भोल्युम’ बनाएर निर्यात गर्न सकिन्छ । कर्णालीमा वार्षिक करोडौं रुपैयाँको यार्सागुम्बा निर्यात हुन्छ । यसबाट पनि कर्णालीको कायापलट संभव छ ।
यस अतिरिक्त कर्णालीको फापर, सिमी र रातो मार्सी धान अहिले शहरमा धेरै माग भएको वस्तु बनेको छ । उच्च भेगको रातो मार्सी चामल एक जुन मधुमेह भएका रोगीका लागि औषधी सरह मानिन्छ । रातो मार्सी एक किलोले यहाँ ३ किलो बासमती चामल आउछ । यस्ता उत्पादन मार्फत कर्णालीको मुहार फेर्न सकिन्छ । तर सिंचाइ अभावमा कर्णालीका फाट उजाड बनेका छन् ।
सधै अभाव, राज्यको उपेक्षा
धेरै संभावना भएपनि कर्णालीका सबै जिल्लामा बाटो पुगेको छैन् । तराईका जिल्लामा ६ लेनको बाटोको कुरा उठ्दा कर्णालीका जिल्लामा दुइ लेनको बाटो बन्न सकेको छैन् । विकास भनेको मुख्य कुरा बाटो रहेछ । कर्णालीका लागि अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कुरा बाटो नै हो । बाटो भएपछि विकासका अन्य संभावना आफै खुल्न थाल्छन् ।
कर्णाली विगत देखी नै उपेक्षाको शिकार बन्न पुग्थ्यो । काठमाडौं लगायत देशका अन्य ठाउमा घर घरमा टेलिफोन पुग्दा कर्णालीका जिल्लामा एउटा टेलिफोन पुग्नु ठुलो कुरा भयो । कर्णालीका जनता अहिले पनि राज्यका आधारभूत सुविधाबाट समेत वञ्चित छन् । विकास शहरमा केन्द्रीत हुदा कर्णाली सधै पिछडिएको छ ।
२१ औ शताब्दीको युगमा पनि कर्णालीका गाउँका जनताले राज्यको तर्फबाट न्युनतम सुविधा पाउन सकेका छैनन् । हुम्लाको लीली गाविसका जनताले एक दिन प्रश्न गरे, नून सुन र उन (कपडा) चाही चाइनाको, कानून मात्र नेपालको किन मान्ने ?
एकपटक लगानी सधै प्रतिफल
देशको भूगोल जति कर्णालीमा छ, तर विकास जति जनसंख्याले लिने भयो । कर्णालीले १५ प्रतिशत क्षेत्रफल ओगटेको छ, जनसंख्या ३ लाख ८८ हजार चानचुन छ । राज्यले कर्णाली विशेष ठाउँ हो भनेर सडक सञ्जाल विस्तार गरिदिए मात्र पनि धेरै कुरा आफै विकास हुदै जाने थियो ।
कर्णालीमा एक पटक लगानी गर्यो भने त्यहाँबाट आउने मात्र छ ।
करिव करिव २१ हजार मेगावाट विजुली निकाल्न सकिन्छ । तर कर्णाली राज्यको विभेदको शिकार बनेको छ । अहिलेको सरकारमा कर्णालीको एउटा पनि मन्त्री छैन, एकजना राज्यमन्त्री मात्र छन । कमसेकम एउटा पहुँच भएको मन्त्रालय कर्णालीले पायो भने त्यहाँको विकासमा मद्दत पुग्ने थियो ।
डा. अरुणा उप्रेतीले कर्णालीको अनाजको बारेमा लेख्दै आउनु भएको छ, कर्णालीको अनाज यति महत्वपूर्ण भनेर लेख्नु भएको थियो । अन्य बुद्धिजीवीले पनि कर्णालीको उत्पादनको बारे लेखिदिए मात्र त्यहाँका जनताले उत्पादनमा लाग्ने थिए । तर कर्णालीलाई कुहिएको चामल बाँडेर परजीवी बनाइयो । कर्णालीको खाद्यान्न औषधी रहेछ, कोदो फापर, कावुलो औषधी रहेछ । तर विडम्बना कर्णालीका मान्छे कोदो खादा खस्रो भयो भनेर चाउचाउमा पल्किए ।
कामका लागि खाद्य कार्यक्रमले गर्दा कर्णालीका जनताको मानिसको स्वाद फेरियो, तर उत्पादन कम भयो । सुन्धारामा चिकेन ढिँडो खाँदा २ सय रुपैयाँ पर्छ, जबकि बासमती चामलको भात खादा डेढ सय मात्र । यो कुरा कर्णालीका जनतालाइ बुझाउन सक्नु पर्यो । हुन त चामल बाँड्ने नीतिको विरोध गर्दा त्यहाँका जनता मसँग रिसाए ।
तत्कालका लागि विरोध भएपनि कर्णालीलाई आत्मनिर्भर र विकास गर्न चामल बाँड्ने होइन उत्पादन गर्ने प्रविधि सिकाउनु पर्यो ।
कर्णालीको उत्पादनले मात्र चामल नपुग्ला त्यसका लागि तराईको चामल पहाडमा पठाउने, पहाडको कोदो फलफुल तराइमा पठाएर नै देश आत्मनिर्भर बन्ने हो । विश्वमा कहीँ पनि सबै कुरा एकै ठाउमा उत्पादन हुने त होइन । कर्णालीको सिमी यति राम्रो छ, जसको माग बढिरहेको छ । फापर औषधीको रूपमा विकास हुन थाल्यो ।
बजेटको फिगर हेर्यो भने कर्णालीमा लगानी भएजस्तो देखिन्छ । तर एक करोड बजेटको मध्ये ७५ लाख त भाडामै सकिन्छ । हालै अखबारमा आएको थियो, कर्णालीमा चामल ढुवानी गर्न ४८ करोड लगानी भएछ । हामीले चामल होइन पानी भनेका छौं ।
कर्णालीको तीरमा फाट छ, तर सिंचाइ नभएर छटपटाइरहेको छ । त्यहाँको जमीनलाई उर्भरा बनाउँदा मात्र पनि कर्णालीलाई खान पुग्छ । गतवर्ष नेपालले २ अर्बको कोदो भित्राएको रहेछ । त्यो कोदो कर्णालीले उत्पादन गर्न सके २ अर्ब बाहिरिने थिएन । यसका लागिपनि व्यबसायीक खेती गर्नुपर्यो ।
एकजनाले गाइ भैसी, भेडा च्याङ्ग्रा र खच्चड पाल्ने होइन । एक जनाले एक थोक उत्पादन गर्ने नीति बनाउनुपर्यो ।
(अर्काइभबाट– हाल कर्णालीका मुख्यमन्त्रीमा निर्वाचित भएका कांग्रेस नेता जीवनबहादुर शााहीसँग गरिएको कुराकानी । प्रथमपटक प्रकाशित मिति: २०७३ माघ १)
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...