१९ असार २०८३, शुक्रबार

व्यथित–सिन्धु प्रतिभा सम्मान घोषणा

कात्तिक २१, २०७८
व्यथित–सिन्धु प्रतिभा सम्मान घोषणा

कवि केदारमान व्यथितका पहलमा स्थापित व्यथित–सिन्धु प्रतिभा सम्मान कोषका तर्फबाट प्रदान गरिने व्यथित–सिन्धु प्रतिभा सम्मानबाट यस वर्ष वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेललाई सम्मानित गरिने भएको छ ।

पौडेल अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक पनि हुन् । यस्तै कोषका तर्पmबाट वार्षिक रुपमा अर्पण गरिने सिन्धु प्रतिभा सम्मानबाट सिन्धुपाल्चोकका कवि जीवन श्रेष्ठलाई सम्मानित गरिने निर्णय भएको छ ।

 कोषले सञ्चालन गरिआएको सिन्धु प्रतिभा सम्मानका क्रममा सम्मानित प्रतिभामा सम्मानका साथ दुवै प्रतिभालाई समान गरिने र सोको राशि जनही रु १० हजार हुने कोषका अध्यक्ष भारद्वाज मित्रले जानकारी दिए । कवि व्यथितको जन्मजयन्तीको अवसरमा यही कात्तिक २७ गते ती सम्मान अर्पण गरिने जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्