०७ साउन २०८३, बिहीबार

यो जोडीले नौ वर्षदेखि केही पनि खाएको छैन रे !

कात्तिक २०, २०७४
यो जोडीले नौ वर्षदेखि केही पनि खाएको छैन रे !

पापी पेटका लागि मानिसहरू यति धेरै संघर्ष गरिरहेका हुन्छन् । पेट भर्नका लागि मानिसले कुनै न कुनै काम गर्नैपर्ने हुन्छ । खाना नखाँदा त बिरामी नै परिन्छ ।


तर एक अमेरिकी जोडीले विगत कैयौं वर्षदेखि केही नखाइकनै बाँचिरहेको दाबी गरेका छन् । नौ वर्षदेखि कहिलेकाहीँ स्वाद लिन यसो केही खाएपनि नियमित रूपमा आफूहरू निराहार नै बस्ने उनीहरूको दाबी छ । खाना खाने कुनै आवश्यकता नै नरहेको उनीहरू बताउँछन् ।

कसरी पोषण पु–याउँछन् छ त उनीहरू ? ब्रह्माण्डको ऊर्जाबाट पोषण पुग्ने उनीहरूको दाबी छ ।

क्यामिला क्यास्टेलो र उनका पति अबकाही रिकार्डो अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनीहरू मूलतः इक्वेडरका हुन् र त्यहाँ आउजाउ गरिरहन्छन् । सन् २००८ पछि आफूहरूले केही नखाएको र विगत तीन वर्षयता त अनाजको दाना मुखमा नपरेको उनीहरू बताउँछन् ।

क्यामिला त झन् गर्भवती अवस्थामा पनि आफूले केही नखाएको बताउँछिन् । तैपनि आफूले अत्यन्तै स्वस्थ बच्चालाई जन्म दिएको उनको भनाइ छ ।

उनीहरू यसलाई ब्रेथेरियन प्रोसेस भन्छन् । यसमा सात दिनसम्म केही खाइँदैन । सात दिन पानी र पातलो जुस लिइन्छ अनि बाँकी सात दिन अझै कम पानी र पातलो जुस लिइन्छ । पछि हावा मात्र खाएर बाँच्ने हो ।

अस्ट्रेलियामा जन्मेकी ज्यास्मुहिन नामक महिलाले यो पद्धति शुरुवात गरेकी हुन् ।

तर यसलाई पोषणविद्हरूले बकवास संज्ञा दिएपछि यो जोडीले स्पष्टीकरण दिँदै आफूहरू यदाकदा ठोस पदार्थ खाने गरेको तर अरू मान्छेले जस्तो नियमित र धेरै नखाने बताए ।

एजेन्सी

कमेन्ट गर्नुहोस्