१३ असार २०८३, शनिबार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठको पूजा

कात्तिक २५, २०७८
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठको पूजा
फाइल फोटो

प्रकृतिको पूजा आराधना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व बिहीवार उदाउँदो सूर्यलाई व्रतालुले अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको छ । 

४ दिनअघि नहाय खायबाट शुरू भएको छठ व्रतालुले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको हो । कात्तिक शुक्लपञ्चमीका दिन रसियाव रोटी खाएर व्रतालुले शुरू गरेको ३६ घण्टे निर्जला व्रत उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै समापन भएको हो ।
  
वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, इनर्वा, रामगढवा नगवा पोखरी, माइधिया पोखरी लगायतका स्थानमा बनाइएका छठघाटमा व्रतालुले बिहान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्