२४ असार २०८३, बुधबार
स्वास्थ्य

टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउने सूत्र

कात्तिक २७, २०७८
टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउने सूत्र

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि आजका आमसमस्या हुन् । यसका प्रमुख कारणमा बेरोजगारी, अभाव, गरीबी आदि नै पर्छन् ।

यसबाट खासगरी तेस्रो विश्व अर्थात् अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । हाल वैदेशिक रोजगार पनि यसको थप कारण बन्न पुगेको छ ।

घरबास बन्धकी राखेर वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ । 

विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यकता बढाइदिएको छ, त्यसको अनुपातमा आपूर्ति हुन नसक्दा समस्या बल्झिँदै गएका छन् । 

यो यस्तो समस्या हो, जसका लागि लामो समयसम्म औषधि खार्नुपर्ने हुन्छ । औषधी खाँदा पनि निको हुन्छ नै भन्ने ग्यारेन्टी छैन । निको नै भए पनि औषधि खान छाड्नासाथ पुनः बल्झिने गरेका छन् । फेरि औषधि खाने पैसा नै पनि सबैमा हुन्छ भन्ने छैन ।

औषधि कतिलाई पुग्छ, कतिलाई पुग्दैन । पुग्नेहरूकै लागि पनि लामो समयसम्म औषधि खाँदा ‘साइड इफेक्ट’ देखिने जोखिम त्यति नै बढी छ ।

केही वर्षयता यस निम्ति शारीरिक अभ्यासहरू समेत विकास भएका छन् । यसको नियमित प्रयोगबाट निको हुने गरेको उदाहरण प्रशस्तै भेटिन्छन् । पैसा पनि नलाग्ने, कतै जान पनि नपर्ने, घरमै बसेर अनुकूल समयमा गर्न सकिने र ‘साइड इफेक्ट’ पनि नगर्ने यसको विशेषता हो । 

यस्ता अभ्यासमध्ये जेपीएमआर अर्थात् ज्याकपसन्स प्रोग्रेशिव मशल रिल्याक्सेसन्स पनि एउटा हो, जसलाई निकै हदसम्म प्रभावकारी मानिएको छ । यसैको कारण हुनुपर्छ, यसले अरुभन्दा अपेक्षाकृत बढी नै लोकप्रियता पाएको देखिन्छ । यसमा पहिले मशललाई प्रोग्रेशिव गर्न लगाइन्छ र पछि रिल्याक्सेसन गर्न सिकाइन्छ । यसको अभ्यास पंक्तिकार आफैंले पनि गरिसकेको छ र राम्रै फाइदा पाएको अनुभव छ । यसैबाट उत्साहित भएर यसले आफैं पनि एउटा अभ्यास तयार पारेको छ ।

हाल आफ्नै नामको यूट्युब च्यानलबाट प्रगोगावस्थामा रहेको यस अभ्यासलाई हजारौं वर्ष पूर्वका ऋषिमुनिहरूले पत्ता लगाएका वैदिक प्रविधिलाई समेत मिलाएर थप प्रभावकारी बनाउने प्रयास गरिएको छ । 

आवश्यक पर्नेले यूट्युबमा kamal@rijal jpmr टाइप गरी वा तल दिइएको लिंक खोलेर हेर्न र प्रयोग गर्न सक्नुहुनेछ । यसलाई अपनाउन धैर्य भने अलि बढी नै चाहिन्छ । तत्कालै भएन भनेर आत्तिन पनि हुँदैन र छाड्न पनि हुँदैन । नियमित रूपमा निरन्तर गर्दै गए केही न केही फाइदा भएकै हुन्छ । समस्या पालेर छट्पटिनुभन्दा अलिकति समय दिएर अपनाउनु नै उत्तम हुनेछ । 

लामो समय आफैंले अभ्यास गरेर तयार पारी जनहितमा जारी गरिएको हुँदा आवश्यक पर्नेहरू आफैंले पनि प्रयोग गर्न सक्नुहुन्छ र आफू जस्तै आवश्यकता पर्ने अरूलाई पनि बताएर सहयोग गर्न सक्नुहुन्छ । तपाईंको सानो सहयोगले अरू धेरैको जीवन बदलिन सक्छ ।

आखिर धर्म भनेकै यस्तै पवित्र कार्यहरू नै हुन् । धर्मका लागि विभिन्न मठमन्दिर चहार्दै हिँड्नुभन्दा यस्ता परोपकारी कार्य नै कति हो कति बढी उत्तम हुन सक्छ । थप बुझ्न र जान्न चाहनेले [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ । अस्तु अहिलेलाई यति नै !

salt training

कमेन्ट गर्नुहोस्