१३ असार २०८३, शनिबार

चार युवकसँग भागिन् युवती, चुनाव गरेर भयो बेहुलाको फैसला

कात्तिक २९, २०७८
चार युवकसँग भागिन् युवती, चुनाव गरेर भयो बेहुलाको फैसला

भारत उत्तरप्रदेशको अम्बेडकरनगरमा एउटा अनौठो घटना भएको छ । यहाँ एक युवतीको विवाहका लागि बेहुला छनोटका लागि पञ्चायत बसेको छ । अझ हैरान हुने कुरा त यो हो कि बेहुलाको छनोट चुनावी पर्ची हालेर भएको थियो । 

स्मरण रहोस्, ती युवती एक होइन चार युवकको साथमा घरबाट फरार भएकी थिइन् । युवतीलाई पनि आफैं पनि के थाहा थिएन भने उनी कुन युवकलाई मन पराउँथिन् र को सँग विवाह गर्न चाहन्थिन् । 

के हो पूरा घटना ?

घटना कोतवाली टांडाको अजीमनगर थाना क्षेत्रको हो । वास्तवमा चार युवक ती युवतीलाई घरबाट भगाएर लगेका थिए । 

ती चार युवकले युवतीलाई आफन्तको घरमा लुकाएर राखेका थिए । तर, छानबिनपछि सबै पक्राउ परे । पक्राउपछि युवतीका परिवारले उनीहरूविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका थिए । तर, पञ्चायतले विवाहको प्रस्ताव अघि सारे । 

पञ्चायतमा जब युवतीलाई सोधियो- कोसँग विवाह गर्न चाहन्छौ ? तर, युवतीले जवाफ दिन सकिनन् । उनी आफैं अन्योलमा थिइन् ।

समाचारमा जनाइएअनुसार युवकहरू पनि ती युवतीसँग विवाह गर्न चाहँदैनथे । 

त्यसपछि पञ्चायतले अनौठो उपाय लगाए- बेहुलाको चुनाव पर्चीबाट गर्ने । मतलब युवतीको विवाह त्यो युवकको साथमा हुनेछ, जसको नामको पर्ची निक्लनेछ । 

पञ्चहरूले चारै युवकको नामको पर्ची बनाएँ । त्यो पर्चीलाई कटौरामा राखे । त्यसपछि एउटा बच्चाले पर्ची निकाले । त्यसपछि पर्चीमा लेखिएको नामका युवतसँग ती युवतीको बिहे भयो । 

salt training

कमेन्ट गर्नुहोस्