०९ असार २०८३, मंगलबार

चर्चभित्र यी मोडलले गरे एकैपल्ट ९ युवतीसँग बिहे !

मंसिर २, २०७८
चर्चभित्र यी मोडलले गरे एकैपल्ट ९ युवतीसँग बिहे !

सामान्यतया मान्छेले एकैपल्ट एकै युवतीसँग मात्रै बिहे गर्छ । अर्काे विवाह गरेको थाहा पाउँदा कतिपय अवस्थामा दुवै पत्नीहरूबीच कुटाकुटको अवस्था समेत आउँछ । 

तर ब्राजिलका मोडल अर्थर ओ उर्साेले ‘फ्री लभ’को खुशीयाली मनाउन आयोजित सामूहिक विवाहमा एकैपल्ट ९ युवतीसँग विवाह गरेका छन् ।

सामूहिक विवाह समारोह साओ पाउलो शहरको क्याथोलिक चर्चमा भएको थियो । 

अर्थरको पहिलो विवाह लुआना काजकीसँग गरेका थिए । लुआनाले अर्थरलाई एकपल्ट कुकुर बनाएर बजार घुमाएकी थिइन् ।

अब एकै विवाहको विरोध गर्दै अर्थरले ९ युवतीसँग औपचारिक रूपमा विवाह गरेका छन् । यसअघि पत्नी लुआनासँगका नाङ्गै तस्वीर सार्वजनिक गर्दा उनी भाइरल हुने गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्