वामपन्थी राजनीतिमा रुचि राख्नेका लागि लिलबहादुर थापा मगर (लीला थापा) नौलो नाम होइन । २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनसम्म अग्रस्थानमा खटिनेमध्ये एक थिए, लीला ।
त्यसअघि २०३७ सालमा भएको जनमत संग्रहका बेला पनि लीलाले बहुदलको पक्षमा पर्चा बाँडेका थिए । २०५४ सालमा उनी जिविस बाग्लुङको सभापति समेत बनेका थिए ।
लामो समय मसालको राजनीति गरेका थापा २०६३ सालपछि भने माओवादी केन्द्रमा लागे ।
एमालेसँग माओवादीको एकतापछि नेकपा केन्द्रीय सदस्य बनेका थापा नेकपा विभाजनपछि एमालेमै रहे । थापा अहिले एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इञ्चार्जको भूमिकामा छन् ।
प्रखर वामपन्थी वक्ता लीला थापासँग एमाले महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमको विषयमा लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका छन् ।
एमाले महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिका नेताको हैसियत के हुन्छ ? चुनावमा अन्य दलको गठबन्धन बन्दा एमालेको हैसियत के हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर गरिएको कुराकानी, हेर्नुहोस् भिडियोमा: