माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेकपा एमालेको प्रचार विभागले मंगलवार पार्टी अध्यक्ष केपी शर्मा ओली र मिडियाका सम्पादकहरूबीच संवादका लागि आयोजना गरेको अन्तरक्रियामा ओलीले नेतृत्वमा जान चाहने नेताहरूको अवसरलाई नरोक्ने बताए ।
उनको भनाइ थियो, ‘सहमति सबैभन्दा राम्रो विकल्प हो । तर, सहमति भनेर लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि नजरअन्दाज गर्न मिल्दैन । प्रतिस्पर्धीहरूको बीचमा सहमति हुन्छ भने मलाई खुशी नै लाग्छ ।’
महाधिवेशनमार्फत नेतृत्व लिन चाहने व्यक्तिलाई दबाब पर्ने र करकाप हुने कुनै काम आफूले नगर्ने उनले बताए । तर, उम्मेदवारको बीचमा सहमति हुँदा खुशी नै हुने भनेर उनले महाधिवेशनबाट सहमतिबाटै नेतृत्व चयन गराउने संकेत पनि उनले दिएका छन् ।
एमालेमा संस्थापन पक्षमा रहेका नेताहरू पार्टीलाई एकताबद्ध बनाउनका लागि सहमतिमा नेतृत्व छान्नुपर्ने तर्क गर्छन् । ओलीले अहिलेको एमालेलाई तत्कालीन नेकपाको निरन्तरता भन्दै आएका छन् । तत्कालीन नेकपामा रहेका पूर्व माओवादी नेताहरू एमालेमा आएकाले ओलीले उनीहरूलाई एकताको पक्षमा भएको नेता भन्ने गरेका छन् ।
उनीहरूप्रति ओलीको सद्भाव पनि देखिन्छ । त्यसबाहेक, एमालेको अन्तर्विरोधका बेला १० बुँदे सहमति मान्दै मूल पार्टी एमालेमै रहेका नेताहरूको व्यवस्थापनका लागि पनि महाधिवेशन हलमा सर्वसम्मत अभ्यास गरिने एमाले नेताहरूको आकलन छ ।
सेलेक्सन कि इलेक्सन ?
एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हो । जसले, लोकतान्त्रिक अभ्यासको वकालत गर्छ । यसले नेताको छनौट गर्न (सेलेक्सन) भन्दा निर्वाचन (इलेक्सन)लाई महत्त्व दिन्छ । तर, एमाले नेतृत्व पक्ष भने एकताको महाधिवेशन भनेर महाधिवेशनमा ‘उच्च समझदारी’का साथ नयाँ नेतृत्व चयन गर्ने पक्षमा देखिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले केही समयअघि सम्पन्न एमालेको देशभरको वडा र पालिका अधिवेशन केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै नेतृत्व चयनमा ‘उच्च समझदारी’ कायम गर्न भनेका थिए । प्रतिनिधि चयनमा पनि केही अपवादबाहेक निर्वाचन हुन पाएन । यही उच्च समझदारी आगामी महाधिवेशनको बन्दसत्रमा पनि अभ्यास हुने देखिएको छ ।
कम्युनिस्ट पार्टी सञ्चालनको मर्म भनेकै जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयताको अर्थ भनेकै निर्णय गर्ने बेलामा व्यापक सहभागिता र छलफलमा निर्णय लिने तथा कार्यान्वयनमा जाँदा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने/गराउने हो । त्यसमाथि, एमालेले बहुदलीय जनवाद मान्छ । त्यसर्थ, निर्वाचन नै उक्त पार्टीको पहिचान हो ।
निर्वाचन (इलेक्सन) हुँदा प्रतिनिधिले विवेक प्रयोग गर्ने अवसर पाउँछन् । योग्यता, क्षमता भएका र प्रतिनिधिका मन जितेका व्यक्ति नै नेतृत्वमा आउँछन् । तर, सहमति गर्दा नेतृत्वले रूचाएको व्यक्ति छनौट हुने हो ।
एमालेमा ‘उच्च समझदारी’को अभ्यास गर्दा आन्तरिक लोकतन्त्रको अभ्यास हुन नपाउने देखिएको छ । पार्टीको विचार र नेतृत्वको लोकतान्त्रिक अभ्यास हुने थलो भनेकै महाधिवेशन हो । एमालेको भर्खरै सकिएको विधान महाधिवेशनमा पनि १० वटा समूह बनाएर छलफल गराइएको थियो । तर, ती समूहको नेतृत्व पहिल्यै तोकिएको थियो । त्यसअघिका महाधिवेशनमा समूह सदस्यले नै टोली नेता चयन गर्ने र छलफलका निष्कर्ष उसैले प्लेनरीमा प्रस्तुत गर्ने एमालेको अभ्यास थियो ।
तर, टोली नेता छान्न धेरै समय लाग्ने र छलफलको समय कम हुने तर्क गरेर नेतृत्वले नै समूह नेता छानिदिएको थियो । ती नेताले निष्कर्ष प्रस्तुत गर्दा समूहमा उठेका सबै कुरा नसमेटेको गुनासो प्रतिनिधिहरूले गरेका थिए । समूहले नै नेतृत्व छान्न पाउने अभ्यास कुन्ठित भएको उनीहरूको तर्क थियो ।
दशौं राष्ट्रिय महाधिवेशनमा पनि नयाँ नेतृत्व चयनका क्रममा केन्द्रीय नेतृत्व नै हावी हुने डर प्रतिनिधिहरूमा छ । भूगोलमा राजनीति गरिरहेका र केन्द्रीय नेतृत्वसँग बाक्लो हिमचिम नभएका तर केन्द्रीय सदस्य बन्न चाहने प्रतिनिधिहरू सेलेक्सनको डरमा छन् ।
सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि बनेर आएका एक प्रतिनिधि भन्छन्, ‘निर्वाचन हुँदा राम्रो मत ल्याएर केन्द्रीय सदस्य जितिन्छ भन्नेमा ढुक्क प्रतिनिधिहरू पनि सहमतिमा नेतृत्व छान्दा आफ्नो नाम नपर्ने डरमा छन् । उनीहरूको चाहना निर्वाचन नै भए हुन्थ्यो भन्ने छ ।’
निर्वाचन हुँदा बढारिने डर
एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही नेताहरूले उपाध्यक्ष र सचिव पदमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । त्यसो हुँदा निर्वाचनबाटै नेतृत्व चयन हुने हो कि भन्ने कतिपयको आकलन छ । तर, एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा रहेका एक नेता भने निर्वाचनमार्फत नेतृत्व चुनिने सम्भावनालाई महत्त्व दिँदैनन् ।
‘दशौं महाधिवेशन एकताको महाधिवेशन हो । निर्वाचन हुने सम्भावना कम देख्छु । एमाले नेता व्यवस्थापन गर्ने पार्टी होइन, तर पार्टी निर्माणका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ । अहिलेको अवस्थामा छ विशेष ख्याल गरेर जिम्मेवारी दिनुपर्ने अवस्था छ’, ती नेताले भने ।
अहिले केन्द्रीय सदस्य रहेका र महाधिवेशनबाट सचिव बन्ने दाबी गरेका एक केन्द्रीय सदस्य पनि अन्तिम समयमा खुला केन्द्रीय सदस्यमा मात्रै चुनाव हुनसक्ने सम्भावना रहेको बताउँछन् ।
‘निर्वाचन गर्दा संस्थापन निकटका व्यक्ति मात्रै छानिने सम्भावना छ । बलियो गुट नभएकाहरू स्वतः बाहिरिन्छन् । त्यसरी त पार्टी बन्दैन । त्यसैले, निर्वाचनबाट भन्दा समहमतिबाटै नेतृत्व छानिने सम्भावना बढी छ’, ती केन्द्रीय सदस्यले भने ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...