१४ असार २०८३, आइतबार

कक्षा कोठामा चक, डस्टर विस्थापन गरेर स्मार्ट बोर्डमार्फत पठनपाठन

मंसिर ११, २०७८
कक्षा कोठामा चक, डस्टर विस्थापन गरेर स्मार्ट बोर्डमार्फत पठनपाठन

तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । 

विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, यूपीएसको सहायताले ई–बूकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो ।

स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दीगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवा परियारले जानकारी दिए ।

यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । उनले भने, ‘शिक्षक शिक्षिकाले चक डस्टर प्रयोग गर्दा लुगाकपडा धुलाम्यै हुने स्थिति पनि अन्त्य भएको छ ।’

६–१० कक्षासम्मका विद्यार्थीलाई प्रोजेक्टर यूपीएसको प्रयोग पनि गरिएको छ । तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ थालिएपछि विद्यार्थीका लागि सहज हुनाका साथै उनीहरू उत्साहित पनि भएका छन् । 

व्यास नगरपालिका कार्यालयले सोलार प्यानल जडानका लागि २ लाख रुपैयाँ विनियोजन गरेकाले विद्युत् भार कटौतीको समयमा पनि समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए ।

विद्यालयमा हाल २५० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी दलित जनजातिका रहेका र अन्य समुदायको संख्या भने न्यून रहेको उनले बताए ।

विद्यालयमा स्मार्ट बोर्डको प्रयोग गरेपछि अन्य विद्यालयले पनि उक्त प्रविधि अपनाउन तयारी गरिरहेको व्यास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्