२९ जेठ २०८३, शुक्रबार

यसरी बनाउनुस् लौकाको बर्फी

मंसिर १३, २०७८
यसरी बनाउनुस् लौकाको बर्फी

लौकाको तरकारी धेरैलाई खान लाग्दैन । तर लौकामा सुस्वास्थ्यका लागि आवश्यक सबै तत्त्वहरू पाइन्छन् । 

लौका मन नपराउनेले यसको बर्फी बनाएर खान सक्छन् । 

सामग्री

लौका एउटा (मसिनो गरी काटेको)

घ्यू आधा कप

चिनी एक पाउ

खुवा एक पाउ

काजु किसमिस आवश्यकताअनुसार (मसिनो गरी काटेको)

अलैंचीको धूलो एक सानो चम्चा

विधि

सबभन्दा पहिले मध्यम आगोमा प्यान तताएर अलिकति घ्यू पगाल्नुस् ।

त्यसमा लौका राखेर केही बेर पकाउनुस् ।

लौका पाकिसकेपछि चिनी हालेर लगातार पकाइरहनुस् । 

अब त्यसमा बाँकी रहेको घ्यू र काजु किसमिस राख्नुस् ।

यस मिश्रणलाई सुक्खा नहुन्जेल पकाउनुस् । 

प्लेटमा अलिकति घ्यू दलेर मिश्रण फैलाउनुस् । 

माथिबाट काजु बदाम राखेर सजाउनुस् अनि सेलाउन दिनुस् । 

पछि आफूलाई मन पर्ने आकारमा काटेर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्