पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंसिर १४, २०७८
चीनले एकैसाथ संसारको सबभन्दा ठूलो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्ने र दशकौंसम्म निरन्तर आर्थिक वृद्धि हासिल गर्ने दुर्लभ उपलब्धि हासिल गरेको छ । अरू कसैले गर्न नसकेको एसिमेट्रिक (विषम) र परम्परागत सैन्य क्षमतालाई एकैपटक बढाउन चीन सफल भएको छ ।
विगत तीन दशकमा १० लाख सैनिकहरू भएको चिनियाँ जनमुक्ति सेनाले पाँचौं पुस्ताको लडाकू विमान, विमानवाहक युद्धपोत र आणविक पनडुब्बीहरूको जत्थालाई विस्तार गरेको छ । त्यससँगै उसले सूचना, निगरानी र खोजीका साथै कमान्ड कन्ट्रोल कम्युनिकेसन कम्प्युटरलाई समेत एकीकृत गरेको छ ।
चीनसँग अहिले नै संसारको सबभन्दा ठूलो ‘मरिन’ (सामुद्रिक) जत्था छ । उसका तटरक्षक जहाजहरू छिमेकका साना मुलुकका युद्धपोतभन्दा ठूला छन् । चीनले हिन्द–प्रशान्त क्षेत्रमा रणनीतिक अड्डा तथा बन्दरगाहहरूमा आफ्नो सैन्य तथा वाणिज्यिक उपस्थिति पनि विस्तार गरिरहेको छ ।
त्यससँगै चीनले एन्टी–एक्सेस/एरिया डिनायल क्षमता अर्थात् युद्धपोतलाई ध्वस्त पार्ने ब्यालिस्टिक क्षेप्यास्त्रलाई पनि द्रुत गतिमा विकसित गरिरहेको छ । यसले गर्दा एसियामा युद्धका सम्भावित क्षेत्रहरूमा चीन भूगोलको सदुपयोग गर्न सक्ने भएको छ ।
हाइपरसोनिक क्षेप्यास्त्रको विकास गरेर चीनले एसिमेट्रिकका साथै आणविक क्षमतालाई पनि चुस्तदुरुस्त बनाइसकेको छ ।
चीनले यसरी परम्परागत र एसिमेट्रिक क्षमतालाई द्रुत गतिमा बढाउँदा ताइवानलाई बढी असर पर्ने देखिन्छ । ताइवानलाई चीनले आफ्नै एक प्रान्त मान्ने गरेको छ ।
युद्ध नलडिकनै जित्ने चीनको अन्तिम लक्ष्य हो । त्यसका लागि उसले ताइवानको पक्षमा अमेरिकी हस्तक्षेप भएमा त्यसलाई निकै महंगो बनाउने योजना बनाएको छ ।
विख्यात इतिहासकार नियाल फर्गुसन तथा अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा उपसल्लाहकार म्याथ्यु पोटिंगरले ताइवानका सन्दर्भमा अमेरिकाले स्वेज क्षणको सामना गर्नुपर्नसक्ने चेतावनी दिएका छन् । सन् १९५६ मा आएको स्वेज संकटका कारण बेलायती र फ्रान्सेली साम्राज्यको अन्त्य भएको थियो । ताइवानमा चीनले निकट भविष्यमा पूर्ण आक्रमण गर्दा अमेरिकाले त्यसलाई रोक्न नसकेमा अमेरिकी साम्राज्य पनि त्यसैगरी ध्वस्त हुनेछ ।
चीन र ताइवानबीचको तनावमा सैन्य तत्त्व विशेषगरी महत्त्वपूर्ण छ किनकि अमेरिकाले जलसैन्य हस्तक्षेप गरेर दोस्रो विश्वयुद्धपछि ताइवानलाई वस्तुगत स्वतन्त्रता कायम गर्न निर्णयक भूमिका खेलेको थियो ।
बेइजिङका लागि ताइवान अमेरिकी प्रभुत्वको सम्झना दिलाउने तथा आफ्नो क्षेत्रमा कमजोर रहेको स्मरण गराउने टापु हो ।
बीसौं शताब्दीको अन्त्यतिर बेलायतबाट हङकङ तथा पोर्चुगलबाट मकाउ चीनले फिर्ता लिएको थियो । अब चीनको लज्जाको शताब्दीलाई सम्झाउने एक मात्र वस्तु ताइवान हो ।
चीनका राष्ट्रपति सी चिनपिङले देशको ‘महान् पुनरुत्थान’का लागि आफ्नो विरासतलाई दाउमा लगाएका छन् । त्यसैले उनी ताइवानलाई चिनियाँ शासनअन्तर्गत पुनरेकीकरण गर्न हिचकिचाउने छैनन् ।
सन् २०१९ को अक्टोबर महिनामा चीनका विज्ञहरूको समूहले अमेरिकी समकक्षीहरूलाई सी ताइवान पुनरेकीकरण गर्नका लागि प्रतिबद्ध रहेको बताएका थिए । आफ्नो कार्यकालभित्र उनले ताइवानलाई बलप्रयोग गरेर भए पनि मिसाउने सोच बनाएका छन् ।
सी सत्तामा कति समयसम्म रहन्छन् भन्ने स्पष्ट छैन किनकि उनले राष्ट्रपतिको निर्धारित दुई कार्यकालको व्यवस्था हटाइसकेका छन् । तर ताइवानका रक्षामन्त्री च्यु क्वो–चङले ताइवानमाथि चीनको आक्रमण केही वर्षभित्र हुने चेतावनी दिएका छन् ।
त्यही दिशामा अघि बढिरहेका सीको शीर्ष प्राथमिकतामा चीनका सशस्त्र बलहरूको आधुनिकीकरण रहेको छ । चीनले रक्षामा गरेको खर्चको सही अनुमान लगाउन बजार विनिमय दर भन्दा पनि पर्चेजिङ पावर प्यारिटीलाई हेर्नुपर्छ । त्यसमा चीनको वास्तविक रक्षा खर्च वार्षिक ५०० अर्ब डलर देखिन आउँछ । त्यो अमेरिकाभन्दा केही कम हो ।
गुणस्तरीय अग्रताको सवालमा अमेरिका अझै पनि चीनभन्दा निकै माथि छ तर चीनले द्रुत गतिमा दूरी घटाइरहेको छ । र्यान्ड कर्पोरेसनले गरेको आधिकारिक अध्ययनअनुसार, चीन र अमेरिकाबीच द्वन्द्व भएमा दुवै पक्षले विशाल सैन्य क्षति बेहोर्नुपर्नेछ । तर सन् २०२५ सम्ममा अमेरिकाले बेहोर्ने क्षति निकै धेरै हुनेछ ।
उता नेसनल डिफेन्स स्ट्राटेजी कमिसनले गरेको एक अध्ययनमा आफ्ना साझेदार, सहयोगी तथा आफ्नै महत्त्वपूर्ण चासोलाई प्रतिरक्षा गर्ने अमेरिकाको क्षमतामा प्रशस्त शंका गर्न सकिन्छ भनी लेखिएको छ । वाशिङटनले चीन वा रुसका विरुद्ध हुने युद्धमा कि त जीतका लागि ठूलै संघर्ष गर्नुपर्नेछ कि त ऊ हार्नेछ ।
अमेरिकाका शीर्ष विज्ञहरूले हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई अमेरिकाको निकट समकक्षी भनी वर्णन गरेका छन् । त्यहाँ अमेरिकी जलसेनाको ६० प्रतिशत शक्ति समकक्षी जलसेना, स्थलसेना र वायुसेनाविरुद्ध उसैको क्षेत्रमा खटिएको छ ।
चीनको सैन्यशक्तिका विषयमा अमेरिकाको रक्षा मन्त्रालयले तयार पारेको अहिलेसम्मकै विस्तृत प्रतिवेदनमा चीनले स्थल, जल र वायुक्षेत्रमा उपयोग गर्ने हतियारमा आणविक डेलिभरी गर्ने क्षमतालाई विस्तार गरिरहेको चेतावनी दिइएको छ । ताइवानका विषयमा हुने युद्धमा बेइजिङले थप विश्वसनीय सैन्य विकल्प प्राप्त गरेको छ ।
चीनले युद्ध नलडिकन जित्ने रणनीति अपनाएको चेतावनी पेन्टागनका पूर्व शीर्ष अधिकारीले दिएका छन् । चिनियाँहरूले आइपरेमा आणविक हतियार समेत प्रयोग गर्न सकिने विश्वास सबैलाई दिलाएका छन् ।
चीनले आफ्नो हाइपरसोनिक क्षेप्यास्त्र क्षमतालाई त्रुटिरहित बनाउनका लागि प्रयास गरिरहँदा अमेरिका चिन्तित बनेको छ । उक्त हतियारले अमेरिकाको विद्यमान क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिन सक्छ र युद्धको स्थितिमा अमेरिकाको सञ्चार प्रणालीलाई पंगु बनाइदिन सक्छ ।
विगत पाँच वर्षमा चीनले सयौंवटा हाइपरसोनिक परीक्षण गरेको छ जबकि अमेरिकाले यस अवधिमा जम्मा नौवटा यस्ता परीक्षण गरेको अमेरिकी वायुसेनाका जनरल जोन हाइटेनले बताएका छन् । उनी जोइन्ट चीफ्स अफ स्टाफका पूर्व उपाध्यक्ष हुन् ।
चीनले आफूअनुकूल प्रक्षेपण गर्न मिल्ने तथा कसैले पत्ता लगाउन नसक्ने हाइपरसोनिक क्षेप्यास्त्रको विकासलाई तीव्रता दिएको छ । यो परम्परागत आणविक शक्तिका साथै युद्धपोत ध्वस्त पार्ने एसिमेट्रिक क्षेप्यास्त्र प्रणाली दुवैमा तैनाथ गर्न सकिन्छ ।
चीनको राज्यसमर्थित एभीआईसी एरोडाइनामिक्स रिसर्च इन्स्टिच्युटले नयाँ विन्ड टनल शुरूआत गर्न खोजेको छ । हाइपरसोनिक भेहिकलबाट हतियारहरू प्रक्षेपणका लागि परीक्षण गर्ने उद्देश्यले त्यसको निर्माण गरिएको हो । यसबाट चीनको हाइपरसोनिक हतियार र उपकरणको अनुसन्धान र विकासलाई थप गति दिनेछ ।
अहिलेको भन्दा दुईगुणा ठूलो विन्ड टनल विगत दुई वर्षदेखि निर्माण गरिँदैछ र त्यसले ध्वनिको गतिभन्दा आठ गुणा बढी गतिका अवस्थालाई अनुकरण गर्नेछ ।
पेन्टागनका अनुसार, चीनले अगस्ट महिनामा गरेको पछिल्लो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणले अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिन सक्छ ।
चीनले आगामी एक दशकमा आणविक वारहेडको भण्डारलाई दोब्बरभन्दा बढी बनाउने अपेक्षा छ । उससँग अहिल्यै आणविक क्षमता भएका सयौं ब्यालिस्टिक क्षेप्यास्त्रहरू छन् र तिनीहरू हाइपरसोनिक ग्लाइड भेहिकलभन्दा पनि द्रुत गतिमा उड्न सक्छन् ।
क्षेप्यास्त्र प्रणालीमा महारथ हासिल गरिरहेको चीनले युद्धपोत ध्वस्त पार्ने मध्यम दूरीको क्षेप्यास्त्र व्यापक संख्यामा तैनाथ गरिरहेको छ । त्यसमा अत्याधुनिक डीएफ–१६ र लामो दूरीको डीएफ–२१सी क्षेप्यास्त्र पनि छन् र तिनलाई पूर्वी तटक्षेत्रहरूमा राखिएको छ । जापान र पश्चिमी प्रशान्तका ठूला भागलाई त्यसले आफ्नो दायरामा पार्नेछ ।
चीनले अमेरिकाको पाँचौं पुस्ताको एफ–३५ लडाकू विमानको प्रतिरूप बनाएर सिन्च्याङमा रहेको चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सको कोर्ला शूटिङ रेन्जमा अभ्यास गरेको थियो । त्यसअघि चीनले अमेरिकाको पुरानो यूएस एफ–१५ ईगल फाइटर जेटको प्रतिरूप बनाएर अभ्यास गर्ने गरेको थियो । आफ्ना शत्रुहरूको अत्याधुनिक सैन्य उपकरणलाई प्रतिकार गर्न चीनको आत्मविश्वास बढेको यसबाट देखिन्छ ।
चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिका र जापान मिलेर हस्तक्षेप गर्ने स्थिति नआओस् भनी यी नयाँ अभ्यास र तैनाथीहरू गरेको विश्वास विज्ञहरूले लिएका छन् ।
‘एयरबेस र धावनमार्गमा रहेका विमानहरूलाई क्लस्टर म्युनिसन प्रहार गरेर ध्वस्त पार्ने तालिम सेनाले गरिरहेको छ,’ चिनियाँ सेनाको भित्री कुरा थाहा पाउने एक व्यक्तिले साउथ चाइना मर्निङ पोस्टलाई बताए ।
‘कारवाही चलाउनु नभई ताइवानको विषयमा विदेशी शक्तिहरूको हस्तक्षेपलाई निवारण गर्नु यस तालिमको प्रमुख उद्देश्य हो,’ उनले थपे । चीनको सैन्य योजनामा ताइवान संकट केन्द्रमा रहेकोमा उनले जोड दिए ।
चीनले हतियार क्षमता द्रुत गतिमा बढाइरहेको प्रतिक्रियास्वरूप बाइडन प्रशासनले देशको क्षेप्यास्त्र प्रतिरक्षा नीतिलाई सन् २०२२ को आरम्भमा अद्यावधिक गर्ने कार्यक्रम छ । उसको नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत यो अद्यावधिक गर्न लागिएको हो ।
हाइपरसोनिक ग्लाइड भेहिकलहरूका विरुद्ध नयाँ क्षेप्यास्त्र प्रतिरक्षा प्रोटोटाइपहरू विकसित गर्नका लागि पेन्टागनको मिसाइल डिफेन्स एजेन्सीले प्रमुख हतियार उत्पादकहरू रेथ्योन टेक्नोलोजीज कोर्प, लकहीड मार्टिन कोर्प र नरथ्रोप ग्रुमान कोर्पसँग सम्झौताको अनुमति दिएको छ ।
एकीकृत निवारण रणनीतिअन्तर्गत बाइडन प्रशासनले हिन्द–प्रशान्त साझेदारहरूसँग मिलेर क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विस्तारलाई जाँच्ने सम्भावना पनि छ ।
एसिया टाइम्समा प्रकाशित रिचर्ड जवाद हैदरियनको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...