×

NMB BANK
NIC ASIA

हलेसी मन्दिर खुलेको ४ महिनामा १२ लाख भेटी संकलन

मंसिर १६, २०७८

NTC
Premier Steels

विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट ४ महिनाको अवधिमा १२ लाख रुपैयाँ भेटी संकलन भएको छ । 

Muktinath Bank

गत साउन १ गतेदेखि मंसिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट १२ लाख ८० भेटी रकम संकलन भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महादेव मन्दिरको शिव पार्वती थानमा ८ लाख ८४ हजार ५३०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट १ लाख ९८ हजार ८५५, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ रुपैयाँ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘कोरोना भाइरसको संक्रमण कम भएसँगै खुला गरिएको हलेसी मन्दिरमा अहिले दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गरेको छ ।’ संकलन भएका भेटी रकममध्ये ५ लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ माछापुछ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।

Vianet communication

यस अवधिमा भारु ३ हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर ३ जम्मा भएको जनाइएको छ । मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (स्काभेटर प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीका लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रमा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन ३ संस्थाका प्रतिनिधिले दानपेटिकामा लगाइने साँचो राख्ने गरेका छन् । हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले मन्दिर परिसरमा राखिएका दानपेटिकाको साँचो संयुक्त रूपमा खोल्ने गरेका हुन् । 

मन्दिरमा संकलित भेटी हलेसीकै विकासमा खर्च गर्ने गरिएको हलेसी विकास समितिका अध्यक्ष एवं पूर्व सांसद टंक राईले बताए । ‘हलेसीको समग्र विकासका लागि गुरूयोजना निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘हलेसी दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गरेर भौतिक संरचनालगायत पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छौं ।’

प्राकृतिक रूपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रीमा ७ दिन र हरितालिका तीजमा ३ दिन मेला  लाग्ने गरेको छ । विभिन्न समयमा लाग्ने मेलालाई व्यवस्थित गर्न नगरपालिका, हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले भूमिका निर्वाह गर्दै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x