२९ जेठ २०८३, शुक्रबार

जाडोमा यसरी बनाउनुस् टोमेटो नूडल सूप

मंसिर १९, २०७८
जाडोमा यसरी बनाउनुस् टोमेटो नूडल सूप

जाडोमा तातोतातो कुरा खान जसलाई पनि मन लाग्छ । तपाईंले जाडोमा टमाटर र नूडलको सूप बनाएर खानुभएमा मीठो पनि हुन्छ, चिसो पनि भाग्छ । 

सामग्री

तेल दुई ठूलो चम्चा

प्याज आधा पाउ

गोलभेंडा आधा किलो

नून एक सानो चम्चा

मरिच एक सानो चम्चा

उमालेको नूडल १२० ग्राम

विधि

एउटा प्यानमा तेल तताएर प्याजलाई सुनौलो रंग नआउन्जेल भुट्नुस् । 

त्यसमा गोलभेंडा र पानी राखेर नरम नहुन्जेल सानो आगोमा सात मिनेट पकाउनुस् ।

अब त्यसमा नून हालेर आगोबाट निकाल्नुस् र सेलाउन छोड्नुस् । 

ब्लेन्डरमा गोलभेंडा राखेर फिँट्नुस् । 

फिँटेको मिश्रणलाई सानो आगोमा पकाउनुस् । 

पकाउने क्रममा मरिच र उमालेको नूडल राखेर पाँच मिनेट चलाउनुस् । 

सूप तयार भयो । तात्तातै खानुस् । 

यति सामग्रीले चारजनालाई सूप बन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्