०९ साउन २०८३, शनिबार

कोरोनाको २ डोज खोप लगाइसकेकालाई बुस्टर डोज दिन छलफल हुँदैछ : स्वास्थ्यमन्त्री खतिवडा

मंसिर २१, २०७८
कोरोनाको २ डोज खोप लगाइसकेकालाई बुस्टर डोज दिन छलफल हुँदैछ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् ।

मंगलवार त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि संकोच नमानी कोरोना भाइरस विरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरे ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि १ करोड डोज खोप ‘बूक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताए ।

उनले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताए ।

‘हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौं,’ मन्त्री खतिवडाले भने, ‘नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छौं । साढे ३ करोड डोज खोप पाइपलाइनमा रहेको छ ।’

मन्त्री खतिवडाले नागरिकलाई बुस्टर डोजको खोप केही दिनमा नै शुरूआत गरिने समेत बताए । ‘२ डोज खोप लगाइसकेकालाई बुस्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ,’ मन्त्री खतिवडाले भने । 

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिल्याउँदै समाधानको बाटोमा जाने बताए । उनले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा ५ शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेको समेत जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्