१० असार २०८३, बुधबार

अचम्मको देशः युवतीहरू निवस्त्र भएर नाच्छन् र राजाले हरेक वर्ष छानीछानी बिहे गर्छन्

मंसिर २२, २०७८
अचम्मको देशः युवतीहरू निवस्त्र भएर नाच्छन् र राजाले हरेक वर्ष छानीछानी बिहे गर्छन्

देशको राजामाथि कैयौं जिम्मेवारी हुन्छ, जसलाई राजाले पालन गरेको हुन्छ । 

राजाको दायित्व पनि हो कि आफ्नो जनताको हरेक दुःखलाई सम्झियोस् । विश्वमा धेरै देशहरूमा राजतन्त्र सकिएको छ । केही देशमा भने अझै पनि राजाकै शासन व्यवस्था छ । त्यसैमध्येको एक हो, अफ्रिकी देश स्वाजील्याण्ड । 

देश स्वतन्त्र भएको ५० वर्ष पुगेपछि त्यहाँका राजाले सन् २०१८ मा देशको नाम परिवर्तन गरेर ‘द किंगडम अफ इस्वातिनी’ बनाएका छन् । 

यो देशमा हरेक वर्ष अगस्ट–सेप्टेम्बर महिनामा त्यहाँकी महारानीको आमाको शाही गाउँ लुदजिजिनीमा उम्हलांगा समारोहको आयोजना गरिन्छ । यो पर्वमा १० हजारभन्दा बढी कुमारी युवती तथा किशोरीहरू भाग लिन्छन् । उनीहरू राजाको अगाडि नाच्ने गर्छन् । 

एक रिपोर्टका अनुसार फेस्टिबलमा सहभागी हुने युवतीमध्ये एक जनालाई राजाले हरेक वर्ष आफ्नो रानी चुन्ने गर्छन् । 

अझ आश्चर्यलाग्दो कुरा त के हो भने यी युवतीहरू निवस्त्र भएर राजा र त्यहाँका जनताका अगाडि नाच्ने गर्छन् । यो परम्पराको देशका धेरै युवतीहरूले विरोध गरेका थिए, उनीहरू सहभागी हुन इन्कार गरेका थिए । जब राजालाई यो कुरा थाहा भयो ती युवतीका परिवारलाई निकै ठूलो जरिवाना दिनुपरेको थियो । 

२०१५ मा ती राजा भारत–अफ्रिका शिखर सम्मेलनका लागि भारत जाँदा १५ पत्नी, बच्चाहरू र १०० नोकरहरूलाई सँगै लिएर आएका थिए । उनका लागि नयाँ दिल्लीको एउटा फाइबस्टार होटलमा २०० वटा रुम बुक गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्