०७ साउन २०८३, बिहीबार

महाभारतकालीन विमान भेटियो, संसारभर चासो व्यक्त

कात्तिक २०, २०७४
महाभारतकालीन विमान भेटियो, संसारभर चासो व्यक्त

महाभारतको कथा पढेका तथा महाभारतमा आधारित भएर बनाइएको टेली श्रंखला हेरेकालाई याद हुनुपर्छ, त्यसमा एक वायुयान (विमान)बारे वर्णन गरिएको छ । तर महाभारतकालिन समयनमा त्यो विमान कस्तो थियो भन्नेबारे खुलाइएको छैन ।

अझै पनि महाभारतको कथामा भनिएका वायुयानहरु विमान थिए या थिएनन् भन्ने विषयमा मतभेद जारी छ । यसबारे धार्मिक ज्ञाताहरुबीच नै विवाद छ । तर महाभारतकालको विमान अफगानिस्तानमा भेटिएको खबर प्रकाशमा आएको छ ।



अफागानिस्तानमा एक गुफा भित्र यो विमान भएको दावी गरिएको छ । यस्तो खबर सार्वजनिक भएसँगै सो विमानलाई लिएर संसारभर चासो व्यक्त गरिएको छ ।

प्राप्त जानकारी अनुसार ५ हजार बर्ष पुरानो विमान पत्ता लागेको हो । यो विमान अफगानिस्तानको पहाडमा भासिएको अवस्थामा भेटिएको छ ।

यो विमानलाई विषेश किसिमले सुरक्षीत राखिएको थियो । जसका कारण यसको नजिक कोही जान पाइरहेको छैन । यस्तो पनि बताइन्छ की अमेरिकी सेनाको एक टोली उक्त विमानबारे बुझुन गुफाभित्र पसेको थियो । तर उनीहरु त्यसमा असफल भए । विमानको आवाजका कारण उनीहरु त्यहाँ टिक्न सकेनन् ।

यो आवजलाई टाइम वेल भनिन्छ । यो टाइम वेल विमानलाई सुरक्षीत राख्ने सील भएको मानिन्छ । यो विमानका बारेमा सबैभन्दा पहिले वैज्ञानिक आइन्स्टाइनले बोलेका थिए । यो विमानका बारेमा रामयण र महाभारतमा उल्लेख गरिएको छ ।

यो विमान आगो ओकल्ने मिसाइलले बनाइएको थियो । यसका साथै यसमा केही खतरनाक हतियार भएको बताइएको छ । विमानको डायमिटर करिब ५.५ मिटरको थियो । यसले सहि निशाना लगाएर हमला गर्ने गरेको बताइएको छ ।

उक्त विमानबारे सन् २०१३ मार्च महिनामा एक ठूलो अनुसन्धान गरिएको थियो । जसको भिडियो रिपार्ट यस्तो छः


salt training

कमेन्ट गर्नुहोस्