गायक निशान भट्टराई र गायिका अञ्जली परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
'जाने कुरा नगर' बोलको सो गीतको शब्द रचना गायक राजेश बर्देवा र प्रतिभा शर्मा चापाईको रहेको छ ।
गीतमा बर्देवाले नै संगीत दिएका छन् ।
गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने निर्देशन विक्रम चौहानले गरेका हुन् ।
गीतको भिडियो बर्देववाको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो