
भारतको हरियाणा राज्यका विद्यालयहरूमा अर्को शैक्षिक वर्षदेखि श्रीमद्भगवद्गीताका श्लोकहरूको पाठ सिकाइने भएको छ ।
प्रदेशका मुख्यमन्त्री मनोहर लाल खट्टरले अन्तर्राष्ट्रिय गीता महोत्सवमा यसको घोषणा गरे । गीताका श्लोकहरू पाँच र सात कक्षाका पाठ्यक्रममा समावेश गरिने उनको भनाइ छ ।
युवाहरूले गीताको सार आफ्नो जीवनमा लागू गर्नुपर्ने खट्टरको भनाइ छ । उनले ज्योतिसारमा गीतास्थलीमा दुई एकड भूमिमा २०५ करोड भारुको लागतमा महाभारत थिममा संग्रहालय बनाइँदै गरेको जानकारी पनि दिए ।
अर्को वर्षदेखि अन्तर्राष्ट्रिय गीता महोत्सवमा कृष्ण उत्सव पनि मनाइने उनको भनाइ छ ।
६ दिनसम्म चल्ने उक्त उत्सवमा भगवान् कृष्णको जीवनसँग जोडिएका घटनाको झाँकी प्रस्तुत गरिनेछ । त्यसमा प्रकाश र ध्वनि सहितको शो पनि देखाइनेछ ।