०५ असार २०८३, शुक्रबार

चीनले बनायो ‘कृत्रिम सूर्य’, परीक्षण जारी

पुस ८, २०७८
चीनले बनायो ‘कृत्रिम सूर्य’, परीक्षण जारी

चीनको हफे इन्स्टिच्युट्स अफ फिजिकल साइन्सले यही डिसेम्बर महिनादेखि आणविक फ्युजन परीक्षण वा ‘कृत्रिम सूर्य’ को परीक्षण थालेको सिन्ह्वा न्युज एजेन्सीले मंगलवार खबर दिएको छ । 

इन्स्टिच्युटका उपनिर्देशक सोङ युन्ताओका अनुसार, यस परीक्षणले कृत्रिम सूर्यलाई थप तातो र दिगो बनाउन ईएएसटी अतिरिक्त ताप प्रणालीलाई स्तरोन्नति गर्नेछ । ६ महिनासम्म परीक्षण गरिने अपेक्षा छ । 

सूर्यले गर्ने आणविक फ्युजन प्रक्रियालाई नक्कल गर्नका लागि ईएएसटी रियाक्टर बनाइएको हो । सन् २००६ मा यसलाई पहिलोपटक सञ्चालनमा ल्याइएको थियो । फ्युजन सम्बन्धी परीक्षणहरू गर्न चिनियाँ तथा विदेशी वैज्ञानिकहरूका लागि यो राम्रो मञ्च हो । 

यसले अत्यन्तै तातो प्लाज्मालाई रोकेर राख्ने कैयौं कीर्तिमान कायम गरेको छ । गत जुन महिनामा यसले १६ करोड डिग्री सेल्सियसको तापक्रम कायम गरेको थियो । त्यो सूर्यभन्दा १० गुणाभन्दा बढी तातो हो । 
 

salt training

कमेन्ट गर्नुहोस्