०५ असार २०८३, शुक्रबार

महिलाले मगाएकी थिइन् 'हट विंग्स', आयो कुखुराको टाउको !

पुस ९, २०७८
महिलाले मगाएकी थिइन् 'हट विंग्स', आयो कुखुराको टाउको !

विश्वमा धेरै मानिसहरू ननभेज खान मन पराउँछन् । कतिपयले बाहिरबाट मटन वा चिकेन मगाएर खान्छन् । 

यसैक्रममा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाउँदा तपाईँ हैरान हुनुहुनेछ । 

ब्रिटेनकी एक महिलाले केएफसीबाट ‘हट विंग्स’ मगाएकी थिइन् । तर, जब उनले डब्बा खोलिन् तब उनी हेरेको हेर्‍यै भइन् । कारण– त्यसमा कुखुराको काटिएको टाउको थियो । 

त्यसपछि उनले त्यसको तस्वीर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिन् । त्यसपछि यो खबर भाइरल भयो । महिलाले पोस्ट गरेको तस्वीरमा चिकेनको आँखा र चुच्चो स्पष्ट देखिएको छ । 

सामाजिक सञ्जालमा पोस्ट गरेपछि केएफसीले यस विषयमा आफू गम्भीर भएको जनाएको छ । केएफसीले ती महिलालाई रेस्टुरेन्टमा परिवारका साथमा आउनका लागि निमन्त्रणा पनि गरेको छ । साथै चिकेन बनाउने प्रक्रियामा पनि हेर्न सक्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्