०६ असार २०८३, शनिबार

आकाशमा उडिरहेको विमानमा अर्को विमानबाट खस्यो बरफको टुक्रा, २०० यात्रीको ज्यान जोखिममा

पुस १४, २०७८
आकाशमा उडिरहेको विमानमा अर्को विमानबाट खस्यो बरफको टुक्रा, २०० यात्रीको ज्यान जोखिममा

ब्रिटिश एयरवेजको एक विमान आकाशमा उडिरहेको बेलामा उसमाथि उडिरहेको विमानबाट बरफको टुक्रा खसेको छ । 

खसेको बरफको टुक्रा विमानको अगाडिको शीशामा लाग्दा शीशा चर्किएको छ । बोइङ ७७७ विमानको दुई इन्च मोटो विन्डस्क्रीन चर्कियो । 

दुर्घटना हुँदा विमान ३५ हजार फीटको उचाइमा उडिरहेको थियो । अर्को विमान त्यसभन्दा एक हजार फीट माथि थियो । 

क्रिसमसको दिन लन्डनको ग्याटविक विमानस्थलबाट कोस्टारिकाको साज जोसे गइरहेको विमान दुर्घटनामा परेको हो । विन्डस्क्रीन बुलेटप्रूफ शीशाबाट बनेको हुन्छ । उचाइमा शीशामाथि बढी प्रेसर परिरहेको हुन्छ । 

यस्तो किसिमको दुर्घटना अत्यन्तै दुर्लभ हुन्छ । 

दुर्घटनामा २०० यात्री तथा विमान कर्मचारी सुरक्षित रहे । तर विमानको आकस्मिक अवतरण गर्नुपरेकाले यात्रीहरू धेरै बेरसम्म विमानस्थलमा अड्किरहे । 

दुर्घटनाग्रस्त विमान तत्काल उडेन र यात्रीहरूलाई वास्तविक सेड्युलभन्दा ५० घन्टा ढिलो गरी उडाइयो । विमानको मर्मत गर्न धेरै समय लागेकाले यात्रीहरू कुरिरहनुपरेको थियो । ब्रिटिश एयरवेजले यसका लागि यात्रुहरूसँग माफी मागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्