०३ असार २०८३, बुधबार

वैज्ञानिकहरूले दिए यस्तो भयानक चेतावनी, अन्तरिक्षमा एकअर्कालाई खानेछन् मानिस !

पुस १४, २०७८
वैज्ञानिकहरूले दिए यस्तो भयानक चेतावनी, अन्तरिक्षमा एकअर्कालाई खानेछन् मानिस !
Images : istock

लामो समयदेखि अन्तरिक्षमा बस्ने सपना देखिरहेका मानिसहरूलाई वैज्ञानिकहरूले डराउने खालको चेतावनी दिएका छन् । 

केही विशेषज्ञहरूका अनुसार अन्तरिक्षमा मानिसहरू एक अर्कालाई खान थाल्नेछन् । 

अन्तरिक्षमा खानाको कमी हुने र यस्तो अवस्थामा मानिसहरू एक अर्कालाई खान पनि पछि नपर्ने चेतावनी दिएका हुन् ।

यस्तै वैज्ञानिकहरूले वृहस्पतिको चन्द्रमा क्यालिस्टो र शनिको चन्द्रमा टाइटनमा मानिसहरूको जीवनको सम्भावना देखिएको पनि बताएका छन् । 

उनीहरूले मंगल ग्रह वा चन्द्रमामा प्रयोगका लागि कोलोनी बनाउने सल्लाह दिएका छन् । किनकि चुनौती आएमा पृथ्वीबाट आपूर्ति गर्न सकिनेछ । 

एक मिडिया रिपोर्टका अनुसार वैज्ञानिकहरूले अर्को ग्रह वा उपग्रहमा बस्ने कोलोनीहरूमा खानाको कमी र विभिन्न किसिमका रोग मुख्य खतरा बन्न सक्छन् । 

एडिनबर्ग युनिभर्सिटीमा एस्ट्रोबायोलोजीका प्रोफेसर चार्ल्स ककेलका अनुसार अन्तरिक्षमा कोलोनी स्थापना गर्नु मानिसहरूको बाध्यता हो, किनकि जलवायु परिवर्तनको संकटका कारण पृथ्वी सुनसान हुनेछ । 

उनका अनुसार विभिन्न प्रजातिहरू लोप हुनुभन्दा यिनीहरूलाई बचाउनु महत्त्वपूर्ण कदम हुनेछ । अन्तरिक्षमा वस्ती बसाउनु अघि यसको परीक्षण गर्नु एकदमै जरुरी रहेको उनी बताउँछन् ।

चाल्र्सले मानिसहरूले इतिहासबाट सिक्नुपर्ने बताए । उनले एक १९औं शताब्दीको घटनाबारे भनेका छन् । 

उनका अनुसार १९ औं शताब्दीको अन्तिमतिर क्याप्टेन सर जोन फ्र्यांलिनका चालक दल उत्तर–पश्चिम मार्ग खोज्न गएका थिए । 

सबैभन्दा नयाँ प्रविधि प्रयोग गरिएको थियो तर, पनि उनीहरू हराए । उनीहरूसँग डिब्बामा खानाहरू थियो तर, चालक दलका सदस्यहरूको मृत्यु एक अर्कालाई खाएर भयो । त्यसैले अन्तरिक्षमा बस्नुअघि परीक्षण गर्नुपर्ने उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्