१४ असार २०८३, आइतबार

नोबेल मेडिकल कलेजले रोक्यो अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पढाइ

नोबेल मेडिकल कलेजले रोक्यो अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पढाइ

नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन बुधवारदेखि रोकेको छ ।

जिल्ला प्रशासन कर्यालय मोरङले पुस ११ गतेदेखि पठनपाठन गर्न निर्देशन दिएपछि पठनपाठन शुरू गरेको मेडिकल कलेजले २ दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधवारदेखि पठनपाठन रोकेको छ ।

पुस ११ गतेबाट कक्षा शुरू गरे पनि १२ र १३ गते सेक्युरिटी गार्ड राखेर पठनपाठन गराइएको एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीले बताए ।

बुधवारदेखि अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकिएको र सबै शुल्क बुझाउनेलाई मात्र पढाइएको विद्यार्थीले जनाएका छन् ।

कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेजको माथिल्लो भवनका छुट्टै लगेर पढाएको एक विद्यार्थीले गुनासो गरे । 

ती विद्यार्थीले भने, ‘कलेजका प्रिन्सिपल रामहरि घिमिरेले अतिरिक्त शुल्क नबुझाउनेलाई कलेजले पढाउन नसक्ने जानकारी गराएर पठनपाठनमा रोक लगाउनुभयो । शुरूमा प्रशासन फाँटका एक जना कर्मचारीले थर्काउँदै अतिरिक्त शुल्क नबुझाए पठनपाठन हुँदैन भन्नुभयो । शिक्षा आयोगले कलेजको सम्बन्धन खारेज गरिदिए, एमबीबीएस पठाउन बन्द गरौंला तर अतिरिक्त शुल्क विना अब पढाउन सकिँदैन भन्नुभयो ।’ 

नोबेल मेडिकल कलेजमा एबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावकले पुस ५ गतेदेखि अतिरिक्त शुल्क नबुझाउने भनेर आन्दोलन गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्