०६ असार २०८३, शनिबार

मञ्चमा बस्ने विषयमा विवाद हुँदा नेताहरूबीच हातपात (भिडियो)

पुस १५, २०७८
मञ्चमा बस्ने विषयमा विवाद हुँदा नेताहरूबीच हातपात (भिडियो)

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लाग्दा चुनावी अभियानले तीव्रता पाएको छ । 

यसैक्रममा कन्नौजमा भएको एक जनसभामा मञ्चमा को बस्ने को नबस्ने भन्ने विषयमा विवाद हुँदा नेताहरू एकआपसमा नै भिडेका छन् । बहालवाला विधायक र भाजपा जिल्ला उपाध्यक्षका समर्थकहरूबीच मञ्चमा बस्ने विषयमा विवाद भएको हो । 

भाजपा विधायिका अर्चना पाण्डेका समर्थकहरूलाई भाजपा जिल्ला उपाध्यक्ष र उनका समर्थकहरूले आक्रमण गरेको बताइएको छ । नगर भ्रमणपछि नेहरु महाविद्यालयमा जनसभा आयोजना गरिएको थियो । 

मञ्चमा बस्ने विषयमा समर्थकहरू भिडे । स्थानीय भाजपा नेता विपिन द्विवेदीसँग मञ्चमा बस्ने विषयमा विवाद भयो । विवाद बढ्दै गएपछि गालीगलौज र हातपात समेत भयो । एकछिन त पूरै अव्यवस्था छायो । 

भाजपाले जनविश्वास र्‍याली निकालेर मुख्यमन्त्री योगी आदित्यनाथको शासनमा भएका विकास कार्यको लेखाजोखा जनतामाझ राखिरहेका छन् । यस्तो बेलामा विवाद भएको हो । 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :

https://www.aajtak.in/?jwsource=cl

salt training

कमेन्ट गर्नुहोस्