भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लाग्दा चुनावी अभियानले तीव्रता पाएको छ ।
यसैक्रममा कन्नौजमा भएको एक जनसभामा मञ्चमा को बस्ने को नबस्ने भन्ने विषयमा विवाद हुँदा नेताहरू एकआपसमा नै भिडेका छन् । बहालवाला विधायक र भाजपा जिल्ला उपाध्यक्षका समर्थकहरूबीच मञ्चमा बस्ने विषयमा विवाद भएको हो ।
भाजपा विधायिका अर्चना पाण्डेका समर्थकहरूलाई भाजपा जिल्ला उपाध्यक्ष र उनका समर्थकहरूले आक्रमण गरेको बताइएको छ । नगर भ्रमणपछि नेहरु महाविद्यालयमा जनसभा आयोजना गरिएको थियो ।
मञ्चमा बस्ने विषयमा समर्थकहरू भिडे । स्थानीय भाजपा नेता विपिन द्विवेदीसँग मञ्चमा बस्ने विषयमा विवाद भयो । विवाद बढ्दै गएपछि गालीगलौज र हातपात समेत भयो । एकछिन त पूरै अव्यवस्था छायो ।
भाजपाले जनविश्वास र्याली निकालेर मुख्यमन्त्री योगी आदित्यनाथको शासनमा भएका विकास कार्यको लेखाजोखा जनतामाझ राखिरहेका छन् । यस्तो बेलामा विवाद भएको हो ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :