
भारत उत्तर प्रदेशको मेरठमा एउटा अचम्मको खबर बाहिरिएको छ, जहाँ विवाहको दुई दिनपछि बेहुली पाँच महिनाकी गर्भवती निक्लिइन् ।
यसपछि गाउँमा हंगामा मच्चिएको छ । बेहुलाका परिवारले यसको उजुरी प्रहरीकोमा गरेका छन् ।
घटना खरखौदा थाना क्षेत्रको पीपलीखेडा गाउँको हो । यहाँका एक व्यक्तिको २५ डिसेम्बरमा मेरठ जाकिर कलोनकी एक युवतीसँग विवाह भयो ।
खबरका अनुसार सुहागरातको दिन नै बेहुलीले बेहुलालाई पेट दुखेको बताएकी थिइन् । जब बेहुलाले यो कुरा आफ्नो आमालाई बताए, त्यसपछि शंका पैदा भयो ।
त्यसपछि बेहुलीलाई अस्पताल लगियो, जहाँ अल्ट्रासाउण्डको रिपोर्ट आउँदा बेहुलाको होस उड्यो । रिपोर्टमा बेहुली ५ महिनाकी गर्भवती भएको पत्ता लाग्यो । साथै गर्भमा जुम्ल्याहा बच्चा भएको पनि रिपोर्टले भन्यो ।
त्यसपछि बेहुलाका परिवारले प्रहरीमा उजुरी दिएका छन् । बेहुलाका परिवारको आरोप छ– जब यसबारे बेहुली र उनका परिवारलाई सोधियो उनीहरूले १० लाख लिनका लागि विवाह गराएको खुल्यो ।