
शिक्षकको सेवा निवृत्त भएको दिन विद्यार्थी र गाउँवासीले हात्तीमा बसाएर अनौठो बिदाइ गरेका छन् ।
शिक्षकको सम्मानमा बाजागाजासहित गाउँ घुमाएका थिए । यो खबर हो भारत राजस्थान भीलवाडास्थित शाहपुराको ।
३१ डिसेम्बरमा एक सरकारी स्कूलमा कार्यरत शिक्षक भंवरलाल शर्माको सेवा निवृत्त भएकोमा कार्यक्रम राखिएको थियो । उनी २० वर्षदेखि सो विद्यालयमा पढाइरहेका थिए ।
८ महिनाअघि उनको सोही विद्यालयअन्तर्गत पर्ने सरदारपुरा विद्यालयमा सरुवा भएको थियो ।
हिउँदको बिदा र लामो समय सो विद्यालयमा बसेका कारण विद्यार्थी र गाउँलेमा उनीप्रति निकै सम्मान र प्रेम थियो । जसकारण गाउँले र विद्यार्थीले उनलाई यसरी बिदाइ गरेका हुन् ।
उक्त कार्यक्रममा शिक्षकले आफ्नो व्यक्तिगत कोषबाट विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि दुई लाख रूपैयाँ पनि दिएका छन् ।
साथै बिदाइका दिन कवि सम्मेलन पनि गरिएको थियो । विद्यार्थीहरू उनलाई आइकन मान्थे ।