०५ असार २०८३, शुक्रबार

वृन्दावनको बाँकेबिहारी मन्दिरमा कुटपिट (भिडियो)

पुस १९, २०७८
वृन्दावनको बाँकेबिहारी मन्दिरमा कुटपिट (भिडियो)

भारतको वृन्दावनमा रहेको बाँकेबिहारी मन्दिरमा सोमवार बिहान कुटपिट भएको छ । 

सेवाधिकारीले आफ्ना यजमानहरूसँग दान लिएर उनीहरूलाई पहिले दर्शन गर्न दिन पट खोलेकोमा विरोध भएको थियो । विरोध गर्ने सेवायत परिवारका युवकमाथि सेवाधिकारीहरूले आक्रमण गरे । 

मन्दिर प्रांगणमा युवकमाथि हातपात गरेको देखेर श्रद्धालुहरू भागाभाग गरे । 

सेवाधिकारीले हठ देखाउँदै आराध्यको दर्शन पनि बन्द गराए ।

सेवाधिकारीले यजमानहरूसँग टन्न पैसा लिएर गर्भगृहको आडबाटै आराध्यको दर्शन गराइरहेको आरोप मन्दिर सेवायतहरूले लगाएका छन् । त्यसको विरोध भइरहँदा सोमवार बिहान सेवायत परिवारको युवक मोहित गोस्वामी नियमित रूपमा दर्शनका लागि पुग्दा सेवाधिकारीले बाहिर जान भने । 

यसको विरोध गर्दा गोस्वामीमाथि सेवाधिकारीहरूले आक्रमण गरे । घटनामा गोस्वामी घाइते भएका छन् । 

घटनाको जानकारी पाएपछि गोस्वामीका परिवारका सदस्य मन्दिर गए र उनलाई कोतवाली लगे । पीडितले कोतवालीमा आरोपित सेवाधिकारी परिवारका विरुद्ध उजुरी दिएका छन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्