१२ साउन २०८३, मंगलबार
दृष्टिविहीनहरूकी प्रेरणा

अवसर पाए दृष्टिविहीन पनि कम छैनन्– अपांगता भएकाहरूका लागि उदाहरण बनेकी नविनाको कथा [भिडियो]

पुस २०, २०७८

नवलपरासीकी नविना ज्ञवाली जन्मिँदैदेखिकी दृष्टिविहीन हुन् । उनी दृष्टिविहीन रहेको कुरा बुवाआमाले ४ महिनाको भएपछि थाहा पाएका थिए ।

विडम्बना! उनीभन्दा अगाडिका दाजु पनि आँखा नदेख्ने र बोल्न नसक्ने भएर जन्मिएका थिए ।

नविनाले ४ वर्षको हुँदासम्म आफू दृष्टिविहीन भएको पत्तो नै पाइनन् ।

'शुरूमा त भाइसँग खेल्थें, आँगनमा यताउता दौडिन्थ्यौं, त्यतिबेलासम्म दृष्टिविहीन हुनुको पीडा अनुभव नै भएन ।तर जब स्कूल पढ्ने समय आयो तब भाइले नजिकैको बोर्डिङमा पढ्न पायो,म भने काठमाडौं आउनुपर्ने भयो,'आफ्नो बाल्यकाल सम्झिँदै नबिनाले भनिन्, 'होस्टलमा यताउता गर्दा साथीहरूसँग ठोक्किन्थें,तब मलाई आफू दृष्टिविहीन भएको महशुस भयो ।'

आफन्त र छिमेकीहरूले बुवाआमालाई आफ्नो बारेमा नानाथरी कुरा सुनाउँदा उनलाई नराम्रो लाग्ने रहेछ ।

'तेरो छोरी दृष्टिविहीन छे,काम गर्न सक्दिन,बिहे पनि हुँदैन,तिमीहरूको कर्म नै खोटो रहेछ भनेर आफन्त र समाजले आमाबुवालाई नानाथरी सुनाउँदा मलाई निकै दु:ख लाग्थ्यो,'नविनाले भनिन्, 'हामी सुख शान्तिले बस्दा समेत अरूले चित्त दुखाइ नै रहे ।'

आमाबुवाले उनको आँखामा दृष्टि ल्याउन पहल नगरेका पनि होइनन् । तर जन्मँदै आँखाको नानीको नसा सुकेकाले सम्भव भएन ।

नविनाले दृष्टिविहीन पढ्ने विद्यालय र सामान्य विद्यालय दुवै किसिमका शिक्षण संस्थाबाट अध्ययन गरिन् ।

उनको जीवन त्यतिबेला मोडियो, जब उनले 'फूल ब्राइट स्कलरशिप'मा अमेरिकामा अध्ययन गर्ने मौका पाइन् ।

अमेरिका पुगेर पढ्न पाएपछि जीवनको वास्तविक महत्त्व थाहा पाएको नविना बताउँछिन् ।

'अमेरिकामाछँदा मैले आफू दृष्टिविहीन भन्दा पनि पहिला मान्छे रहेको अनुभव गर्न पाएँ,'उनले भनिन्, 'सबैलेअगाडि बढ्नका लागि हौसला दिएकाले यहाँसम्म आउँन सफल भएँ ।'

नविनाले 'Supportive Action Towards Humanity' (साथ) नामक सामाजिक संस्था चलाउँदै आएकी छन् ।

उनको संस्थाले दृष्टिविहीन तथा महिलाहरूलाई मोटिभेट गर्ने र विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सहयोग गर्ने काम गर्दै आएको छ ।

दृष्टिविहीनहरूलाई विचरा भन्ने मात्र होइन, अगाडि बढ्नका लागि पर्याप्त साथ र सहयोग दिनुपर्ने उनको भनाइ छ ।

बाँकी भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्