×

NMB BANK
NIC ASIA

दृष्टिविहीनहरूकी प्रेरणा

अवसर पाए दृष्टिविहीन पनि कम छैनन्– अपांगता भएकाहरूका लागि उदाहरण बनेकी नविनाको कथा [भिडियो]

पुस २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासीकी नविना ज्ञवाली जन्मिँदैदेखिकी दृष्टिविहीन हुन् । उनी दृष्टिविहीन रहेको कुरा बुवाआमाले ४ महिनाको भएपछि थाहा पाएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

विडम्बना! उनीभन्दा अगाडिका दाजु पनि आँखा नदेख्ने र बोल्न नसक्ने भएर जन्मिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नविनाले ४ वर्षको हुँदासम्म आफू दृष्टिविहीन भएको पत्तो नै पाइनन् ।


Advertisment
Nabil box
Kumari

'शुरूमा त भाइसँग खेल्थें, आँगनमा यताउता दौडिन्थ्यौं, त्यतिबेलासम्म दृष्टिविहीन हुनुको पीडा अनुभव नै भएन ।तर जब स्कूल पढ्ने समय आयो तब भाइले नजिकैको बोर्डिङमा पढ्न पायो,म भने काठमाडौं आउनुपर्ने भयो,'आफ्नो बाल्यकाल सम्झिँदै नबिनाले भनिन्, 'होस्टलमा यताउता गर्दा साथीहरूसँग ठोक्किन्थें,तब मलाई आफू दृष्टिविहीन भएको महशुस भयो ।'

Vianet communication
Laxmi Bank

आफन्त र छिमेकीहरूले बुवाआमालाई आफ्नो बारेमा नानाथरी कुरा सुनाउँदा उनलाई नराम्रो लाग्ने रहेछ ।

'तेरो छोरी दृष्टिविहीन छे,काम गर्न सक्दिन,बिहे पनि हुँदैन,तिमीहरूको कर्म नै खोटो रहेछ भनेर आफन्त र समाजले आमाबुवालाई नानाथरी सुनाउँदा मलाई निकै दु:ख लाग्थ्यो,'नविनाले भनिन्, 'हामी सुख शान्तिले बस्दा समेत अरूले चित्त दुखाइ नै रहे ।'

आमाबुवाले उनको आँखामा दृष्टि ल्याउन पहल नगरेका पनि होइनन् । तर जन्मँदै आँखाको नानीको नसा सुकेकाले सम्भव भएन ।

नविनाले दृष्टिविहीन पढ्ने विद्यालय र सामान्य विद्यालय दुवै किसिमका शिक्षण संस्थाबाट अध्ययन गरिन् ।

उनको जीवन त्यतिबेला मोडियो, जब उनले 'फूल ब्राइट स्कलरशिप'मा अमेरिकामा अध्ययन गर्ने मौका पाइन् ।

अमेरिका पुगेर पढ्न पाएपछि जीवनको वास्तविक महत्त्व थाहा पाएको नविना बताउँछिन् ।

'अमेरिकामाछँदा मैले आफू दृष्टिविहीन भन्दा पनि पहिला मान्छे रहेको अनुभव गर्न पाएँ,'उनले भनिन्, 'सबैलेअगाडि बढ्नका लागि हौसला दिएकाले यहाँसम्म आउँन सफल भएँ ।'

नविनाले 'Supportive Action Towards Humanity' (साथ) नामक सामाजिक संस्था चलाउँदै आएकी छन् ।

उनको संस्थाले दृष्टिविहीन तथा महिलाहरूलाई मोटिभेट गर्ने र विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सहयोग गर्ने काम गर्दै आएको छ ।

दृष्टिविहीनहरूलाई विचरा भन्ने मात्र होइन, अगाडि बढ्नका लागि पर्याप्त साथ र सहयोग दिनुपर्ने उनको भनाइ छ ।

बाँकी भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x