
लक्षित वर्गका लागि कोरोनाविरुद्धको थप मात्रा (बुस्टर डोज) दिने अभियान स्थगित भएको छ ।
सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्त्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले हाललाई सो अभियान स्थगित गरेको हो ।
थप प्राविधिक विषयहरू छलफल तथा तयारी गरी यो विषयमा आगामी माघ महिनादेखि जानकारी गराउने मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ ।