जेठ ६, २०७९
दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...
काठमाडाैं | पुस २१, २०७८
अन्ततः नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएका छन् ।
पार्टीको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेर दोस्रो चरणको निर्वाचनमा पराजित भएका डा. शेखर कोइरालाले संस्थापनइतर समूहको नेतृत्व लिएका छन् ।
महाधिवेशनमा आफ्नो प्यानलबाट केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेश सभाको सभापतिका उम्मेदवार बनेका नेताहरूलाई बोलाएर उनले १४औं महाधिवेनको समीक्षा गरेका छन् ।
काठमाडौंको हनुमानस्थान नजिकै रहेको बसेरा बुटिक होटलमा भेला भएका शेखर प्यानलका उम्मेदवारहरूले शेखर समूहको आगामी रणनीति पनि तयार गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै डा. शेखर कोइरालाले आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने गरी अगाडि बढ्ने संकेतसँगै ५ वर्ष संस्थापन पक्षले एकलौटी गर्न खोजे त्यसविरुद्ध शसक्त आवाज उठाउने उद्घोष पनि गरेका छन् ।
भेलाको शुरूमा सम्बोधन गर्दै कोइरालाले भनेका छन्, ‘पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।’
उनले भनेका छन्, ‘कांग्रेस एकताको सन्देश र रूपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरूको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौं ।’
डा. कोइरालाले बसेरा होटलबाट आफ्नो साथमा रहेका कांग्रेस नेता कार्यकर्ताको अभिभावकीय जिम्मेवारी लिने संकेत दिएका छन् । पार्टीमा अवसरको न्यायोचित वितरण हुनुपर्ने र कार्यकर्ताको भावना यथोचित रूपमा सम्बोधन हुनुपर्ने कोइरालाको तर्क छ ।
बुधवार बसेरा होटलमा आयोजना गरेको भेला नै आफैंमा कोइरालाको नेतृत्वमा कांग्रेसमा सशक्त प्रतिपक्ष रहेको सन्देश दिएको र जसको नेतृत्व शेखर कोइरालाले गरेको बताइएको छ ।
रामचन्द्र र शशांक समेटिएनन्
नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि पार्टीमा संस्थापनइतर समूहको नेतृत्व गर्थे तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले । पार्टीमा सभापतिले अवसरको बाँडफाँटमा एकलौटी गर्दा पौडेल नै सबैभन्दा पहिले प्रतिवादमा उत्रिन्थे ।
१४औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाइतर खेमाको साझा उम्मेदवार बनाउने र उनलाई पार्टी सभापतिबाट बिदा गर्ने उद्घोष पनि पौडेलले गरेका थिए ।
१३औं महाधिवेशनमा सभापति उम्मेदवार भएका पौडेल देउवासँग पराजित भएका थिए । त्यसयता पार्टीमा सभापति देउवासँग उनको लडाइँ चलिरह्यो ।
पौडेललाई त्यसबेला तत्कालीन महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह तथा शेखर कोइरालाले साथ दिएका थिए ।
१४औं महाधिवेशनको संघारमा पुग्दा यी चारै जना नेता सभापति पदका आकांक्षी बनेका थिए ।
अन्तिम समयमा रामचन्द्र पौडेल र शशांक कोइराला सभापति उम्मेदवारको दौडबाट पछि हटे तर प्रकाशमान सिंहले दाबी नछाडेपछि संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बन्न सकेनन् । प्रकाशन सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
सभापतिको दौडबाट पछि हटेका रामचन्द्र र शशांकले शेखरलाई सघाउँछन् भन्ने उनी पक्षका नेता कार्यकर्ताको आशा थियो । त्यस विपरीत उनीहरूले निर्वाचनको बेला तटस्थ बस्ने भनिदिए तर व्यवहार तटस्थ भएन ।
रामचन्द्र, शशांक र सिंह तीनै जना नेताले शेखरलाई ‘जुनियर’ करार गरेर सभापतिको दौडमा अवरोधक बनेको शेखर पक्षका नेताहरूको विश्लेषण छ ।
शेखरलाई सभापति जिताउँदा पार्टीमा आफ्नो अस्तित्व गुम्ने चिन्ता ती नेताहरूलाई भयो र अन्ततः शेरबहादुर देउवालाई सभापति बनाउनु ठीक ठाने ।
रामचन्द्र र शशांकको भूमिकाबाट शेखर कोइराला आफैं र उनी पक्षबाट उम्मेदवार बनेका नेताहरू बिच्किएका छन् ।
रामचन्द्र र शशांकले मात्रै सघाएको भए पनि महाधिवेशन निर्वाचनको तस्वीर अर्कै बन्ने उनीहरूको बुझाइ छ ।
कांग्रेस सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले शुरूमै रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनित गरेबाट पनि पौडेलले चुनावमा देउवालाई सघाएको पुष्टि हुने शेखर पक्षका नेताहरू बताउँछन् ।
त्यति मात्रै होइन, सभापति देउवाले निर्वाचनका क्रममा शेखरले ल्याएको मतलाई अवमूल्यन गरिदिएका छन् । पार्टीमा वरीयता निर्धारण गर्दा शेखरलाई २०औं स्थानमा राखेका छन् ।
शेखर कोइराला समूहले आगामी रणनीति बनाउनका लागि बोलाएको छलफलमा रामचन्द्र र शशांकलाई आमन्त्रण गरिएको छैन ।
बसेरा होटलमा बसेर शेखर समूहले संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएको संकेत दिएको छ ।
र प्रकाशमान सिंह ...
१४औं महाधिवेशनअघि संस्थापन समूहमै रहेका प्रकाशमान सिंह सभापतिमा पराजित भए । उनी केन्द्रीय सदस्य मनोनित भए तर संस्थापनइतर समूहबाट उनी पनि बाहिरिएका छन् ।
निर्वाचनका क्रममा शेखरलाई ‘जुनियर नेता’ भन्ने अभिव्यक्ति दिएका सिंहले सरकारमा उपप्रधानमन्त्री ‘बार्गेनिङ’ गरेर शेरबहादुर देउवालाई सघाएका थिए । शेखर समूहमा रहेका नेता कार्यकर्ताले अहिले सिंहको नाम समेत सुन्न चाहँदैनन् ।
१४औं महाधिवेशनयता सिंह पनि सभापति शेरबहादुर देउवा पक्षका बनेर संस्थापनइतर समूहबाट बाहिरिएका छन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले...
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...
नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमका छोरा मोहम्मद रजिक आलम नगर प्रमुखमा निर्वाचित भएका छन्। रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा २ हजार ५८४ मतको अन्तरले विजयी भएका हुन्। आफ्ताब आलम ह...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...