२४ असार २०८३, बुधबार

८४ वर्षीय वृद्धले ११ पटक लगाए कोरोना विरुद्धको खोप, १२औं पल्ट लगाउन खोज्दा खुल्यो पोल !

पुस २२, २०७८
८४ वर्षीय वृद्धले ११ पटक लगाए कोरोना विरुद्धको खोप, १२औं पल्ट लगाउन खोज्दा खुल्यो पोल !

कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान संसार चलिरहेको छ तर कतिपयले अझै पनि खोप पाएका छैनन् । भारतको बिहारमा ८४ वर्षीय एक वृद्धले ११ पटक खोप लगाएको पाइएको छ ।

बिहारको मधेपुरा जिल्लाको पुरैनी क्षेत्रमा ८४ वर्षीय ब्रह्मदेव मण्डलले ११ पटक खोप लगाएका र १२औं पटक लगाउन खोज्दा पोल खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको खोपले स्वास्थ्यमा सञ्चो लागेपछि उनी पटक–पटक खोप लगाउन थालेका हुन् । ‘मैले कोरोना खोप लगाउन थालेपछि म कहिल्यै बिरामी भइनँ, मेरो स्वास्थ्यमा सुधार देखिएको छ,’ उनले भने ।

यसरी पटक–पटक खोप लगाएको पोल खुलेपछि स्वास्थ्य विभाग मात्रै होइन, सामाजिक सञ्जालमा समेत हंगामा मच्चिएको छ । उनले खोप लगाउन ८ पटक आधार कार्डको प्रयोग गरे भने ८ पटक मतदाता परिचयपत्रको प्रयोग गरे । खोप लगाउँदा उनले ३ मोबाइल नम्बर दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारले यसबारे अनुसन्धानको निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्