०७ असार २०८३, आइतबार

जब नुहाउन गएका २४ जनालाई माछाले टोक्यो...

पुस २३, २०७८
जब नुहाउन गएका २४ जनालाई माछाले टोक्यो...

दक्षिण अमेरिकामा माछाको टोकाइबाट ४ जनाको मृत्यु भएको छ । 

माछाको टोकाइबाट नदीमा नुहाउन गएका ४ जनाको मृत्यु भएको हो । घटनामा अन्य २० जना घाइते भएको समाचार एजेन्सी डेली स्टारले जनाएको छ । 

पराग्वे देशको पराग्वे नदीमा नुहाउनका लागि गएका मानिसहरूमाथि पिरान्हा माछाको झुण्डले आक्रमण गरेको हो । 

जसबाट ४ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताइएको छ । 

माछाको झुण्डको आक्रमणमा परी मृत्यु हुनेमध्येका एक २२ वर्षीय युवाको शब क्षतिविक्षत अवस्थामा भेटिएको एजेन्सीले जनाएको छ ।

यस घटना जनवरी दुईमा घटेको हो । 

salt training

कमेन्ट गर्नुहोस्