
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा विवाद समाधान गर्न ब्रिटिसको मध्यस्थता नखोजेको स्पष्ट पारेका छन् ।
रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै बालेनले ब्रिटिसले राज गर्दाको अवस्थाको प्रमाण मागेको बताएका हुन् ।
‘कालापानी, लिपुलेक हाम्रो हो, हामीसँग त्यसको प्रमाण छ, हामीले ब्रिटिससँग त्यसको प्रमाण मागेको हो, मध्यस्थता खोजेको होइन, हामी आफैं छिमेकीसँग कुरा गरेर मिलाउँछौँ,’ उनले भने ।
उनले आफ्नो राष्ट्रियतामाथि कुनै आशंका नगर्न पनि आग्रह गरे ।