३२ असार २०८३, बिहीबार

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा ठूलो पानी पर्नसक्ने

असार १९, २०८३
काठमाडौं
आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा ठूलो पानी पर्नसक्ने

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (शुक्रबार) देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै शुक्रबार बिहानै पनि देशका विभिन्न स्थानमा वर्षा भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्