१९ असार २०८३, शुक्रबार

दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा, अस्ट्रेलियासँगको भेट पक्का

असार १९, २०८३
काठमाडौं
दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा, अस्ट्रेलियासँगको भेट पक्का

 कप्तान नेट सिभर-ब्रन्टको उत्कृष्ट पुनरागमन र सानदार ब्याटिङको मद्दतले इंग्ल्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

द ओभलमा गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै इंग्ल्याण्डले उपाधिका लागि चिरप्रतिद्वन्द्वी अस्ट्रेलियासँगको भेट पक्का गरेको हो ।

चोटका कारण केही खेल गुमाएकी सिभर-ब्रन्टले मैदान फर्किएकै खेलमा ७५ रनको बिस्फोटक इनिङ खेलिन् । टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डको सुरुवात भने निकै खराब थियो । चौथो ओभरमा मात्र २३ रन जोड्दा टोलीले ३ शीर्ष ब्याटरलाई गुमाइसकेको थियो । तर, संकटको घडीमा कप्तान सिभर-ब्रन्ट र अनुभवी हेदर नाइटले १३३ रनको बलियो साझेदारी गर्दै टोलीलाई १६९-५ को सम्मानजनक योगफलसम्म पुर्‍याए । 

४७ बलको सामना गरेकी सिभर-ब्रन्टले ७५ रन बनाइन् भने नाइटले पनि समान बलमा ५८ रनको महत्वपूर्ण योगदान दिइन् ।

१७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२९ रन बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि प्रारम्भिक ब्याटर तज्मिन ब्रिट्सले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटरले उनलाई साथ दिन सकेनन् । कप्तान लाउरा वोल्वार्डले १६ रन जोड्दा दक्षिण अफ्रिकाको मध्यक्रम ताफस जस्तै ढल्यो ।

इंग्ल्याण्डको जितमा बलिङसँगै सुधारिएको फिल्डिङको भूमिका महत्वपूर्ण रह्यो । बलिङतर्फ लरेन बेल र चार्ली डिनले समान २-२ विकेट लिए भने सोफी एक्लेस्टोन, लिन्से स्मिथ र फ्रया केम्पले १-१ विकेट बाँडे । सोफी एक्लेस्टोनले मैदानमा दुईवटा उत्कृष्ट क्याच लिइन् भने ड्यानी व्याट-हजको सिधा हिटले सिनालो जाफ्तालाई रनआउट गरेको थियो । अब फाइनल भिडन्त आइतबार लर्ड्समा अस्ट्रेलियासँग हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्