
बलिउड नायिका बिपाशा बसु आफ्नो अभिनयका लागि चर्चित छिन् । साथै उनी आफ्नो फिटनेसलाई लिएर पनि सधैँ चर्चामा रहन्छिन् ।
यद्यपि केही समयदेखि बिपाशा चलचित्रदेखि टाढा छिन् । तर, उनी आफ्नो तस्वीर भिडियो सामाजिक सञ्जालमा भने पोस्ट गरिरहेकी हुन्छिन् ।
आज उनको ४३औं जन्मदिन हो । बलिउडमा नायिकाहरूबीच पनि झगडा हुने गरेका किस्साहरू सुन्न पाइन्छ । त्यस्तै किस्सा बिपाशा र करिनाको बीचमा भएको थियो ।

चलचित्र ‘अजनबी’ बिपाशा बसु, बबि देओल, करिना कपूर र अक्षयकुमार थिए । यही चलचित्रको सेटमा करिना र विपासाबीच लडाइँ भएको थियो । त्यसपछि उनीहरू बीचको मनमुटावलाई लिएर बलिउड क्षेत्रमा चर्चा भएको थियो ।
खासमा चलचित्रको छायाँकनका बेला करिना र बिपाशाबीच ड्रेसलाई लिएर झगडा भएको थियो । भारतीय मिडियाका अनुसार झगडा यतिसम्म पुग्यो कि करिनाले बिपासालाई थप्पड पनि हानेकी थिइन् । साथै बिपासालाई करिनाले कालो बिरालोसम्म भन्न भ्याएको बताइन्छ ।

त्यसपछि बिपासाले एक अन्तरवार्तामा करिनाको व्यवहार केटाकेटीको जस्तो भएको बताएकी थिइन् । ‘यदि करिनालाई डिजाइनरसँग केही समस्या थियो भने मलाई किन बीचमा पारियो ?,’ अन्तर्वार्तामा भनेकी थिइन्, ‘अब कहिल्यै पनि करिनाको साथमा काम गर्दिनँ ।’
करिनाले पनि अन्तर्वार्तामा विपासालाई आफ्नो प्रतिभाप्रति भरोसा नभएको बताएकी थिइन् ।
बिपाशाको जन्म हिन्दू बंगाली परिवारमा ७ जनवरी १९७८ मा भएको थियो । उनले कलाकार करण सिंह ग्रोवरसँग विवाह गरेकी छन् ।
