०७ साउन २०८३, बिहीबार

आराम गरे पनि थकाइ लागिरहन्छ ? यस्तो रोगको लक्षण हुनसक्छ

पुस २५, २०७८
आराम गरे पनि थकाइ लागिरहन्छ ? यस्तो रोगको लक्षण हुनसक्छ

तपाईं मज्जाले सुते पनि थाकेको जस्तो अनुभव गर्नुहुन्छ ? व्यायाम गर्दा पनि, सही खानेकुरा खाँदा पनि तरोताजा अनुभव गर्नुहुन्न ? 

दिनभरि आराम गरे पनि टाउको भारी भए जस्तो हुन्छ ? त्यसो भए तपाईं क्रोनिक फटिग सिन्ड्रोमको शिकार हुनुभयो । 

यो सिन्ड्रोमले मानिसलाई लगातार थकान गराइरहन्छ । विशेषगरी रोगप्रतिरोधक क्षमता कमजोर भएका मानिसलाई यसले सताउँछ । तपाईं जतिखेर पनि थाकेको अनुभव गर्नुहुन्छ र केही काम गर्न पनि मन लाग्दैन । 

यसले शारीरिकका साथै मानसिक थकान गराउँछ । जति आराम गरे पनि फ्रेश अनुभव हुँदैन । यो ६ महिनासम्म रहन सक्छ । शरीरको स्थिति नै यसले बिगारिदिन्छ । 

भाइरल इन्फेक्सन फैलाउने ब्याक्टेरियाले पनि यो सिन्ड्रोम गराउँछ । 

हर्मोनको असन्तुलन हुँदा पनि यो रोग लाग्छ । 

तनाव लगायतका मनोवैज्ञानिक कारणले पनि यो रोग लगाउँछ । 

शरीरमा यस्तो समस्या ६ महिनाभन्दा बढी देखिएमा तत्कालै चिकित्सकहरूलाई देखाउनुहोला । चिकित्सकको सल्लाहविना कुनै पनि औषधि खानुहुँदैन । 

यो हुन नदिन भिटामिन डीको उपयोग अत्यन्तै जरूरी छ । भिटामिन डीले शरीरमा ऊर्जा भर्छ । दूध, दही, तोफु, च्याउ, सुन्तला, पालुंगो पनीर, सोयाबीन खाने गर्नुस् । घाममा बस्ने गर्नुस् । 

मज्जाले आठ घन्टा सुत्ने गर्नुस् । 

तारेको खानेकुरा नखानुस् । 

दिनदिनै व्यायाम गर्नुस् । योगध्यान गरिरहनुस् । अनुलोम विलोम र प्राणायामले यो रोग हटाउन सहायता गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्