०६ असार २०८३, शनिबार

यो प्रसिद्ध मन्दिरबाट प्रसाद घरमा ल्याउन पाइँदैन, रहस्य यस्तो

यो प्रसिद्ध मन्दिरबाट प्रसाद घरमा ल्याउन पाइँदैन, रहस्य यस्तो
सांकेतिक तस्वीर।

मानिसहरू बजरंगबली (हनुमान) लाई संकटमुक्तिकर्ता पनि भन्ने गर्छन् । हनुमानको पूजाआजा गर्नाले भक्तजनको सबै समस्या हट्ने जनविश्वास छ ।

हनुमानको प्रसिद्ध मन्दिरहरूमा भारत राजस्थानको मेहन्दीपुर बालाजी मन्दिर पनि आउँछ । यो मन्दिर राजस्थानको दौसाका दुई पहाडको बीचमा अवस्थित छ । यस मन्दिरमा वर्षभरि भक्तजन आउँछन् र यहाँबाट खुसीसाथ फर्कन्छन् । 

राम-सीताको मूर्तिहरू बालस्वरूपमा रहेको हनुमानको मूर्ति अगाडि स्थापित छन् । यहाँ आउने भक्तजनका लागि विशेष व्यवस्था रहेको बताइएको छ । यस नियमअनुसार दर्शन गर्नुभन्दा कम्तीमा एक साताअघि भक्तजनले प्याज, लसुन, मासु, मदिरा आदिको सेवन बन्द गर्नुपर्छ ।

बाधबाट छुटकारा पाउन ठूलो संख्यामा भक्तजनहरू यहाँ पुग्छन् । 

मेहन्दीपुर बालाजी मन्दिरको अर्को नियम पनि छ, यहाँको प्रसाद न त खान सकिन्छ न कसैलाई दिन । यसबाहेक प्रसादलाई घर ल्याउन पनि पाइँदैन । प्रसादहरू मन्दिरमा नै चढाइन्छ । 

यस मन्दिरबाट कसैले पनि खाना, पेय वा सुगन्धित चीजहरू आफ्नो घरमा ल्याउन पाउँदैन । यदि ल्याइयो भने नराम्रो हुने जनविश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्