तपाईंले महंगा मिठाइहरू कत्तिको खानुभएको छ ? काजु कतली सबभन्दा महंगो मिठाइ हो भन्ने तपाईंलाई लाग्दो हो । कुरो त्यसो हैन ।
तर यहाँ हामी यस्तो मिठाइको कुरा गर्दैछौं जसको मूल्य प्रतिकेजी २४ हजार रुपैयाँ छ ।
यस मिठाइमा सुनको लेप लगाइएको छ । त्यसैले यो यति मिठो भएको हो ।
मिठाइ बनाइएको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा पसलेले सुनलाई मिठाइमाथि राखेको र सानो सानो टुक्रा पारेर काटेको देखिन्छ । त्यसपछि केसरले सजाएर उसले पस्केको पनि देखिन्छ ।
इन्स्टाग्राम पेजमा शेयर गरिएको यस भिडियोले धेरै भ्यु पाइसकेको छ । भारतको राजधानी दिल्लीमा रहेको मौजपुरस्थित मिठाइ पसलमा यसलाई बनाइएको हो ।